नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि कडा मापदण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोटमा नयाँ मापदण्ड लागू गरेको छ । पार्टीको आन्तरिक परिपत्रमा उम्मेदवारहरूले कानूनी, आर्थिक, सामाजिक र वैचारिक रूपमा पूर्ण स्वच्छ हुनुपर्ने स्पष्ट उल्लेख गरिएको छ ।
परिपत्रअनुसार प्रतिनिधि सभाका उम्मेदवारले २५ वर्ष र राष्ट्रिय सभाका उम्मेदवारले ३५ वर्ष उमेर पूरा गरेको नेपाली नागरिक हुनुपर्नेछ भने मतदाता नामावलीमा नाम दर्ता भएको र संविधान–कानूनले अयोग्य ठहर्याएको हुन नहुने प्रावधान छ । बहालवाला राष्ट्रिय सभा, प्रदेश सभा वा स्थानीय तहका पदाधिकारीलाई उम्मेदवारीबाटै वञ्चित गरिएको छ ।
आर्थिक पारदर्शितालाई पार्टीले विशेष जोड दिएको छ । भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहरिएका व्यक्ति उम्मेदवार बन्न अयोग्य हुनेछन् । कर–राजश्वमा पूर्ण अद्यावधिक, कालो सूचीमा नाम नभएको र सम्पती तथा आयस्रोतको स्पष्ट घोषणा गर्न तयार हुनुपर्ने अनिवार्य शर्त राखिएको छ । पार्टीको आर्थिक अनुशासन उल्लंघन गर्नेहरू पनि उम्मेदवारीबाट बाहिरिनेछन् ।
हेर्नुहोस् निर्वाचनका लागि उम्मेदवारको योग्यता र मापदण्डका विषयमा नेपाली कम्युनिस्ट पार्टीले जारी गरेको आन्तरिक सर्कुलर:
१. उम्मेदवारको योग्यता र मापदण्ड
आगामी माघ ११ मा हुने राष्ट्रिय सभाको निर्वाचन तथा फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले उठाउने उम्मेदवारहरूको योग्यता र मापदण्ड निम्नानुसार हुनुपर्नेछ
क. आधारभूत कानुनी योग्यता · प्रतिनिधि सभा उम्मेदवारको लागि २५ वर्ष र राष्ट्रिय सभाको उम्मेदवारको लागि ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने।
-मतदाता नामावलीमा नाम दर्ता भएको हुनुपर्ने।
-संविधान र कानुनले अयोग्य मान्ने हुन नहुने।
-राष्ट्रिय सभा, प्रदेश सभा, स्थानीय तहका पदमा वहालवाला हुन नहुने।
ख. आर्थिक स्वच्छता र पारदर्शिता
-अदालतले भ्रष्टाचारमा दोषी ठहर गरी सजाय तोकेको हुन नहुने।
-कर, राजस्व र सम्पत्तिको स्रोत पारदर्शी हुनुपर्ने।
-कुनै पनि प्रकारको कालोसूचीमा नरहेको हुनुपर्ने।
-सम्पत्ति र आय स्रोतको घोषणा गर्न तयार हुनुपर्ने।
-कुनै कारोबारमा संलग्न भए कर/राजस्वमा अद्यावधिक भएको हुनुपर्ने।
-निर्वाचन आयोगले तोकेअनुसार स्वघोषणा गर्न तयार हुनुपर्ने।
-पार्टीको आर्थिक अनुशासन पालना गरेको हुनुपर्ने।
ग. सामाजिक आचरण र व्यवहार
-सामाजिक आचरण र व्यवहार असल एवम् स्वच्छ हुनुपर्ने।
-जातीय, लैंगिक, धार्मिक, भाषिक वा कुनै सामाजिक भेदभावसम्बन्धी अपराधमा दोषी ठहर भएको हुन नहुने।
-घरेलु हिंसा, बालश्रम, मानव बेचबिखन, यौन उत्पीडनजस्ता नैतिक पतन देखिने मुद्दामा दोषी ठहर भएको हुन नहुने।
घ. राजनीतिक तथा वैचारिक प्रतिबद्धता
-राजनीतिक तथा वैचारिक रूपमा स्पष्ट र प्रतिवबद्ध हुनुपर्ने।
-पार्टीको नीति तथा कार्यक्रमप्रति प्रतिबद्ध हुनुपर्ने।
-आन्दोलनमा निरन्तरता र योगदान गरेको हुनुपर्ने।
-सामाजिक रूपमा प्रतिष्ठित हुनुपर्ने।
-जनतामा लोकप्रिय हुनुपर्ने।
२. उम्मेदवारको सिफारिस
क. उम्मेदवारहरू सिफारिस गर्दा माथि उल्लेख गरिएका योग्यता र मापदण्डको साथै निम्न विषयमा ध्यान दिनुपर्ने छ।
-विषयगत अध्ययन, अनुभव र विज्ञता हुनुपर्ने।
-नीति निर्माण र कार्यान्वयन क्षमता हुनुपर्ने।
-सार्वजनिक संवाद कला हुनुपर्ने।
-राजनीतिक, सांगठनिक अनुभव हुनुपर्ने।
-विभिन्न संघर्षमा योगदान तथा अनुभव हुनुपर्ने।
३. सिफारिस गर्ने सङ्ख्या प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाका उम्मेदवारको सिफारिस निम्नानुसारको सङ्ख्यामा गर्नुपर्ने छ।
क. प्रत्यक्षतर्फ
-हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा एकजना जेनजी युवा र एक महिलासहित बढीमा ५ जना सिफारिस गर्ने।
-सिफारिस भएको उम्मेदवार यसअघि निर्वाचित जनप्रतिनिधि भए नभएको खुलाउने।
-सिफारिस गर्दा लोकप्रिय र जित्ने उम्मेदवारलाई प्राथमिकतामा राख्ने।
ख. समानुपातिकतर्फ
-एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाबाट कम्तीमा २ महिलासहित ४ जना सिफारिस गर्ने।
-एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाबाट प्रत्येक निर्वाचन क्षेत्रबाट थप २ जना।
-सम्पर्क समन्वय प्रदेशले २ महिला २ पुरुष गरी ४ जना सिफारिस गर्ने।
-उपत्यका विशेष प्रदेशले २ महिला २ पुरुष गरी ४ जना सिफारिस गर्ने।
-प्रवास प्रदेशले २ महिला २ पुरूष गरी ४ जना सिफारिस गर्ने।
-जनवर्गीय संगठन र मोर्चाको केन्द्रीय समितिले २ महिला २ पुरुष गरी ४ जना सिफारिस गर्ने।
-संविधान तथा प्रचलित कानुनले तोकेबमोजिम महिला, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम, अपांगता, पिछडिएको क्षेत्र, अल्पसंख्यक आदि क्लस्टरलाई ध्यान दिँदै सिफारिस गर्ने।
-सहिदका परिवार, बेपत्ताका परिवार, द्वन्द्वपीडित, घाइते, अपांगता भएका तथा आर्थिक रूपले विपन्न वर्गलाई प्राथमिकतापूर्वक सिफारिस गर्ने।
-एकै परिवारका एकभन्दा बढी व्यक्तिलाई सिफारिस नगर्ने।
ग. राष्ट्रिय सभातर्फ
-राष्ट्रिय सभाको उम्मेदवारको सिफारिस प्रदेश र प्रतिनिधि सभाको समानुपातिक र प्रत्यक्षको सिफारिस जिल्ला तहबाट गर्ने।
-राष्ट्रिय सभाका लागि प्रदेशले यसपटक निर्वाचन हुने प्रत्येक क्लस्टरबाट बढीमा ५/५ जना सिफारिस गर्ने।









आज विश्व ध्यान दिवस मनाइँदै
कर्णालीबाट वैदेशिक रोजगारी : सल्यानबाट सबैभन्दा बढी, डाेल्पा कम
यस्तो छ आजकाे निर्धारित विदेशी मुद्राको विनिमयदर
निर्वाचन प्रचारप्रसार गर्न बढीमा दुईवटा सवारीसाधन प्रयोग गर्न पाइने
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया