देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले परिवर्तन चाहनेहरूलाई एकैठाउँमा ल्याउन आफू सभापति पद त्याग गर्न तयार रहेको बताएका छन्।

रिहा भएलगत्तै चितवनमा विशेष सम्बोधन गर्दै मिल्न पर्नेहरूसँग आफूहरू संवादमा रहेको बताए। उनले देशलाई निकास दिनको लागि पार्टी, चुनाव चिह्न, सभापति र उपसभापति सबै दिन तयार रहेको बताए ।
’ हामी मिलेर जहाँसम्म मिल्ने र सँगै जाने सवाल छ । मैले कारागारबाट पनि भनेको थिएँ । म कारागारमा छु, मैले जे त्याग गर्न पनि तयार छु,’ लामिछानेले भने, ‘मेरो पार्टी बनाउनुस्, पार्टीले जे निर्णय गर्छ त्यही । मलाई केही पनि चाहिएको छैन । पार्टीमा कुरा गर्नुस्, कसैलाई चुनाव चिन्ह चाहिन्छ, लैजानुस् । ‘झण्डा चाहिन्छ, लैजानुस् । पार्टी अफिस चाहिन्छ, लैजानुस् । सिंगो पार्टी, सभापति उपसभापति चाहिन्छ, लैजानुस् । देश बन्नुपर्यो व्यक्तिको कुनै ठूलो कुरो होइन ।’ उनले भने ।
एकताका लागि आफ्नो पार्टीका नेताहरु सम्बादमै रहेको लामिछानेले बताए । उनले भने, ‘ ‘ मिल्नुपर्नेहरू जो जो हो अन्तिममा हामी मिलेरै छाड्छौं । हाम्रो सबै साथीहरू संवादमा हुनुहुन्छ । मेरो एउटा मात्रै प्रश्न छ, यो मिल्ने भन्ने कुरा टाउको ठोकेर मित लगाएजस्तो होइन,’
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया