देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले परिवर्तन चाहनेहरूलाई एकैठाउँमा ल्याउन आफू सभापति पद त्याग गर्न तयार रहेको बताएका छन्।

रिहा भएलगत्तै चितवनमा विशेष सम्बोधन गर्दै मिल्न पर्नेहरूसँग आफूहरू संवादमा रहेको बताए। उनले देशलाई निकास दिनको लागि पार्टी, चुनाव चिह्न, सभापति र उपसभापति सबै दिन तयार रहेको बताए ।
’ हामी मिलेर जहाँसम्म मिल्ने र सँगै जाने सवाल छ । मैले कारागारबाट पनि भनेको थिएँ । म कारागारमा छु, मैले जे त्याग गर्न पनि तयार छु,’ लामिछानेले भने, ‘मेरो पार्टी बनाउनुस्, पार्टीले जे निर्णय गर्छ त्यही । मलाई केही पनि चाहिएको छैन । पार्टीमा कुरा गर्नुस्, कसैलाई चुनाव चिन्ह चाहिन्छ, लैजानुस् । ‘झण्डा चाहिन्छ, लैजानुस् । पार्टी अफिस चाहिन्छ, लैजानुस् । सिंगो पार्टी, सभापति उपसभापति चाहिन्छ, लैजानुस् । देश बन्नुपर्यो व्यक्तिको कुनै ठूलो कुरो होइन ।’ उनले भने ।
एकताका लागि आफ्नो पार्टीका नेताहरु सम्बादमै रहेको लामिछानेले बताए । उनले भने, ‘ ‘ मिल्नुपर्नेहरू जो जो हो अन्तिममा हामी मिलेरै छाड्छौं । हाम्रो सबै साथीहरू संवादमा हुनुहुन्छ । मेरो एउटा मात्रै प्रश्न छ, यो मिल्ने भन्ने कुरा टाउको ठोकेर मित लगाएजस्तो होइन,’









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया