युक्रेन युद्धमा ब्रेक थ्रुकाे प्रयास : युक्रेनबारे अमेरिकामा हुने वार्तामा रुस सहभागी हुँदै

युक्रेनबारे अमेरिकाको मियामीमा युक्रेन र पश्चिमा मुलुकका नेतासहित अमेरिकी प्रतिनिधिसँग हुने वार्तामा रुस सहभागी हुने मस्कोले जनाएको छ ।
युक्रेन युद्धको समाधानका लागि अर्को चरणको वार्तामा रुसी वार्ता टोलीका नेता किरिल दिमित्रीएभले शनिबार आफू मियामी जान लागेको बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकोफ र अमेरिकी राष्ट्रपतिका ज्वाइँ जारेड कुश्नरको मध्यस्थतामा हुने वार्ताका लागि युक्रेनी र युरोपेली टोली पनि अमेरिकी शहर मियामीमा रहनेछ । वार्ताका लागि ट्रम्पका दूतहरूले एक योजना अघि बढाएका छन् जसमा संयुक्त राज्य अमेरिकाले युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्ने तर किएभले सम्भवतः केही क्षेत्र गुमाउने अपेक्षा गरिएको छ ।
यो योजनाप्रति युक्रेनीहरूबीच असन्तुष्टी देखिएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबिओले शुक्रबार युक्रेनलाई कुनै पनि सम्झौतामा बाध्य नपार्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “युक्रेन यसमा सहमत नभएसम्म कुनै शान्ति सम्झौता हुँदैन। “
आफ्नो गृहनगर मियामीमा शनिबार हुने वार्तामा उनी सहभागी हुन सक्ने बताइएकाे छ ।” दिमित्रिएभले बिहानको सूर्य र समुद्र तटको हरियाली समेटेको छोटो भिडियोसहितको एक पोस्टमा सामाजिक सञ्जाल एक्समा आफु ‘मियामीको यात्रामा’ रहेको लेखेका छन् ।
अमेरिकीहरूले विभिन्न स्थानहरूमा प्रत्येक पक्षसँग छुट्टाछुट्टै वार्ता गर्दै आएको अवस्थामा वार्तामा रूसी र युरोपेली संलग्नताले पहिलेको चरणबाट वार्ता प्रक्रिया एक कदम अगाडि बढेको सङ्केत गर्छ । दिमित्रिएभले युक्रेनी र युरोपेली वार्ताकारहरूसँग प्रत्यक्ष वार्ता गर्ने सम्भावना छैन किनकि दुई पक्षहरू बीचको सम्बन्ध अत्यन्त तनावपूर्ण छ।
सन् २०२२ को फेब्रुअरीमा युक्रेन आक्रमणका लागि सेना पठाएको मस्कोले वार्तामा युरोपको संलग्नताले प्रक्रियामा बाधा पुर्याउने तर्क गरेको छ।
रुसले शनिबार युक्रेनको सुमी र डोनेट्स्क क्षेत्रका दुई गाउँ कब्जा गरेको घोषणा गरेको छ । यसैबीच, युक्रेनको ‘ब्ल्याक सी’ ओडेसा बन्दरगाह क्षेत्रको पूर्वाधारमा रातभर रुसी ब्यालिस्टिक मिसाइल आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ भने आक्रमणमा परी करिब तीन दर्जन घाइते भएका छन् ।
युक्रेनी सुरक्षा बल (एसबियु) ले युक्रेनले कब्जा गरेको क्रिमियाको हवाई क्षेत्रमा दुई रूसी लडाकु विमानहरू नष्ट गरेको दाबी गरेको छ। राष्ट्रपति पुटिनले युक्रेनलाई विसैन्यीकरण गर्न र नेटोको विस्तार रोक्नको लागि ‘विशेष सैन्य अभियान’ को रूपमा वर्णन गरिएको युक्रेनमाथिको आक्रमण गर्न सन् २०२२ फेब्रुअरीमा आदेश दिएका थिए ।
















उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया