अफगानिस्तानमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, ४२ घाइते
मेरोन्यूज
२०८२ पुष ६ गते १८:४४

अफगानिस्तानको उत्तरी बग्लान प्रान्तमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटनामा पर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्।
स्थानीय प्रहरीका अनुसार काबुललाई उत्तरी प्रान्तहरूसँग जोड्ने प्रमुख मार्ग सालाङ राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना भएको हो। प्रान्तीय प्रहरी प्रवक्ता मौलवी शिर अहमद बुर्हानीले लापरवाहीपूर्वक सवारी चलाइएकाले दुर्घटना भएको जानकारी दिएका छन्।
प्रवक्ताका अनुसार मृत्यु हुनेमा ६ जना यात्रु रहेका छन् भने घाइतेमध्ये दुई महिला र दुई बालबालिका पनि छन्।
घाइते सबैलाई उपचारका लागि बग्लान प्रान्तीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।
सम्बन्धित
















चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया