मुक्तिनाथ कृषि कम्पनीको विक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्नो हकप्रद साधारण शेयर निष्काशन गर्न निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटललाई नियुक्त गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजी ७५ करोड ६० लाख रुपैयाँ बराबरको प्रतिशेयर एक सय अंकित दरका ७५ लाख ६० हजार कित्ता साधारण शेयरको १:०.६ (अर्थात् विद्यमान १ कित्ता साधारण शेयर बराबर नयाँ ०.६ कित्ता साधारण शयर) को अनुपातमा ४५ करोड ३६ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ४५ लाख ३६ हजार कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्न नेपाल लाइफलाई नियुक्त गरेको हो।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले वसुन्धारास्थित कार्यालयमा बिहीवार सम्पन्न कार्यक्रमका बीच नेपाल लाइफ क्यापिटललाई शेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको हो।
सम्झौतापत्रमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना तथा नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीष घिमिरेले हस्ताक्षर गरे।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले नेपालको कृषि क्षेत्रको व्यवसायिक विकासका लागि कृषक र उपभोक्ताहरूलाई जोड्न संस्थागत मूल्य शृंखला व्यवस्थापकको रूपमा कार्यरत अग्रणी कम्पनी हो।
कम्पनीले कृषकहरूका लागि आवश्यक उत्पादनका साधनको उपलब्धता, परामर्श सेवा, प्रविधि प्रसार, प्रशोधन उद्योगको विकास र उपभोक्तालाई स्वस्थ, गुणस्तरीय र पोषिलो कृषि उत्पादन उपलब्ध गराउँछ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन र निष्काशन तथा बिक्री प्रबन्ध गर्ने अनुमति प्राप्त मर्चेन्ट बैंकिङ संस्था हो।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया