सोमबार, पुष ७, २०८२

देशभरको न्यूनतम तापक्रम बढ्याे

मेरोन्यूज २०८२ पुष ७ गते ८:००

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकासहित देशका अन्य स्थानमा पनि आइतबारभन्दा न्यूनतम तापक्रम केही बढेको छ।

राति आकाशमा बादल लागेकाले न्यूनतम तापक्रम बढेको हो । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आइतबारभन्दा सोमबार (आज) झन्डै २ डिग्री सेल्सियस बढेको छ। 

देशका तराई भू-भागमा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने विभागले जनाएको छ ।

प्रतिक्रिया