राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस

दाङ । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि दाङ क्षेत्र नं. ३ बाट कृष्णकुमार गिरीको नाम सिफारीस गरेको छ ।
२०८२ माघ ११ गते हुने निर्वाचनका लागि खसआर्यतर्फबाट महाधिवेशन प्रतिनिधिसमेत रहेका गिरीको नाम सिफारिस भएको हो ।
गिरी २०५० सालदेखि नेपालमा अन्धोपन न्यूनिकरण गराउन सक्रिय नेत्रज्योति संघमा संलग्न छन् । नेत्रज्योति संघका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला सभापति गिरी संघमार्फत लुम्बिनी र कर्णाली प्रदेशमा अन्धोपन न्यूनीकरणका लागि सक्रिय छन् । यही योगदानवापत गिरी नेत्रज्योति पुरस्कार तथा राष्ट्रिपतिबाट सु-प्रवल जनसेवा पदकसमेत प्राप्त गरेका थिए ।
गिरीाई पञ्चायतकालमा विभिन्न संघ संस्था खोलेकाे तथा राजनितीमा संलग्न भएको आरोपमा २०२९ कार्तिक २२ देखि २०३१ सम्म २ बर्ष सल्यान कारागारमा बन्दी बनाइएको थियो । २०३६ सालको जनमत संग्रहदेखि ०६२-०६३ का आन्दोलनमासमेत गिरीले सक्रिय भूमिका निर्वाह गरेेका थिए ।
उनि २०२८ साल भदौमा प्रवास भारतको बनारसमा भएको तरुणदलको निर्वाचनमा नेपाल तरुणदलको उपाध्यक्षमा निर्वाचित भएका थिए । दशकाैदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहे पनि गिरीले अहिलेसम्म कुनै पनि राजनीतिक पद पाएका छैनन् ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
प्रतिक्रिया