राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस

दाङ । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि दाङ क्षेत्र नं. ३ बाट कृष्णकुमार गिरीको नाम सिफारीस गरेको छ ।
२०८२ माघ ११ गते हुने निर्वाचनका लागि खसआर्यतर्फबाट महाधिवेशन प्रतिनिधिसमेत रहेका गिरीको नाम सिफारिस भएको हो ।
गिरी २०५० सालदेखि नेपालमा अन्धोपन न्यूनिकरण गराउन सक्रिय नेत्रज्योति संघमा संलग्न छन् । नेत्रज्योति संघका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला सभापति गिरी संघमार्फत लुम्बिनी र कर्णाली प्रदेशमा अन्धोपन न्यूनीकरणका लागि सक्रिय छन् । यही योगदानवापत गिरी नेत्रज्योति पुरस्कार तथा राष्ट्रिपतिबाट सु-प्रवल जनसेवा पदकसमेत प्राप्त गरेका थिए ।
गिरीाई पञ्चायतकालमा विभिन्न संघ संस्था खोलेकाे तथा राजनितीमा संलग्न भएको आरोपमा २०२९ कार्तिक २२ देखि २०३१ सम्म २ बर्ष सल्यान कारागारमा बन्दी बनाइएको थियो । २०३६ सालको जनमत संग्रहदेखि ०६२-०६३ का आन्दोलनमासमेत गिरीले सक्रिय भूमिका निर्वाह गरेेका थिए ।
उनि २०२८ साल भदौमा प्रवास भारतको बनारसमा भएको तरुणदलको निर्वाचनमा नेपाल तरुणदलको उपाध्यक्षमा निर्वाचित भएका थिए । दशकाैदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहे पनि गिरीले अहिलेसम्म कुनै पनि राजनीतिक पद पाएका छैनन् ।
















सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
वाइन उद्योगलाई विशेष सहुलियत दिन उद्योगीको माग
दुई दिनपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया