मंगलबार, पुष ८, २०८२

तीन सय शैयासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल

मेरोन्यूज २०८२ पुष ७ गते १४:५७

काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा पूर्व सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका आश्रित परिवार र सर्वसाधरण नागरिकहरुको सेवा सुविधाको लागि नेपाल एपीएफ अस्पतालले तीन सय शैयासहितको सेवा विस्तार गरेको छ । मेडिकल कलेजको लागि आधारभूत संरचनाहरु निर्माण कार्य जारी छ ।

अस्पतालको स्तरवृद्धिको अवधारणा अनुरुप पछिल्लो ३ वर्षमा दुई वटा नयाँ माड्युलर अप्रेशन थियटरको निर्माण गर्नुकासाथै सहवीर थापा अन्कोलोजी युनिटको समेत स्थापना गरी संचालनमा ल्याएको छ । सो युनिट स्थापनासँगै क्यान्सर रोगको उपचार सेवा समेत शुरु भएको छ । त्यस्तै इन्ट्रानेट तथा इन्टरनेट जडित सशस्त्र प्रहरी बल नेपालको सम्पूर्ण कार्यालयहरुमा टेलिमेडिसिन सेवा समेत संचालन गर्दै आएको छ । जसका कारण अस्पतालसम्म आउन नसक्ने विरामीले सजिलै स्वास्थ्य सम्बन्धी जानकारी लिन सकिने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नेपाल एपीएफ अस्पताललाई तीन सय शैया क्षमताको अस्पताल संचालनको लागि २०८१ असोजमा ईजाजत पत्र प्राप्त भएपछि संचालनमा ल्याईएको हो ।

त्यस्तै नेपाल सरकार (सचिवस्तर)को मिति २०८० पौष २२ गतेको निर्णयानुसार नेपाल एपीएफ अस्पतालले विपन्न नागरिक औषधी उपचार कार्यक्रम संचालन निर्देशिका बमोजिम सर्वसाधारणहरुको लागि समेत हेमोडायलेसिस सेवा संचालनमा ल्याएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (ल्ब्ःक्) सँग २०८० कार्तिक २४ नेपाल एपीएफ अस्पताल र (ल्ब्ःक्) वीच चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक तथा प्राज्ञिक कार्यक्रम संचालनको लागि सम्झौता भएको थियो ।

अस्पतालले सुरक्षा इकाई स्थापना तथा अन्कोलोजी युनिट संचालन, टेडिमेडिसिन सेवा प्रदान, अतिरिक्त अस्पताल सेवा कार्यक्रम र व्यवस्थापन आदेश सम्बन्धी नीति तथा मापदण्डलाई कार्यान्वयमा ल्याई संचालन गरिएको छ ।

अस्पतालले उपचारार्थ आउने बिरामीहरुलाई समयसापेक्षितरुपमा गुणस्तरिय सेवा उपलब्ध, अस्पतालको स्तरोन्नती र अस्पतालमा कार्यरत जनशक्तिहरुको बृत्ति विकासको लागि समेत आवश्यक पर्ने भवन, कुरुवा घर, ध्बचभ जयगकभ, क्तबाा त्रगबचतभच, ब्अबमझष्अ भवन र पुनस्र्थापना केन्द्र निर्माण गर्ने कार्यको समेत आवश्यक तयारी भइरहेको छ ।

नेपाल एपीएफ अस्पताल तथा मातहत अस्पतालहरुमा द्यगचल ऋबचभ ग्लष्त संचालनका लागि २२ जना स्वास्थ्यकर्मी सशस्त्र प्रहरी कर्मचारीहरुलाई ल्भउब िऋभिात बलम द्यगचल ऋभलतभच प्ष्चतष्उगच मा ५ दिन अवधिको तालिम उपलब्ध गराई उक्त सेन्टरका लागि आवश्यक पूर्वाधार तथा सामाग्रीहरुको जडान कार्य भईरहेको छ ।

त्यस्तै उपचारार्थ आउने विरामीहरुको लागि सहज होस् भन्ने अभिप्रायले छिन्नमस्ता फिल्ड अस्पताल महोत्तरी, मुक्तिनाथ फिल्ड अस्पताल कास्की, महेश्वरी फिल्ड अस्पताल सुर्खेत, बैद्यनाथ फिल्ड अस्पताल कैलालीमा समेत नयाँ संगठन व्यवस्थापन तथा सर्वेक्षण पश्चात अब विशेषज्ञ चिकित्सकको सेवा प्राप्त हुनेछ ।

सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी सेवा केन्द्रको समन्वयमा अस्पताल परिषरभित्र स–शुल्क फार्मेशी संचालन गर्नुकासाथै सशस्त्र प्रहरी बल नेपालमा कार्यरत वहालवाला तथा पूर्व सशस्त्र प्रहरी कर्मचारीहरुको लागि दैनिक उपभोग्य सामान सुलभ मुल्यमा उपलब्ध गराउनको लागि सुपथ मुल्य क्यान्टिन समेत संचालनमा ल्याईएको छ ।

त्यसैगरी अस्पतालको स्तरोन्नतीसँगै मातहत क्षेत्रिय तथा फिल्ड अस्पतालहरुमा फिजियोथेरापी सेवा विस्तार गर्ने योजना अनुरुप मेडिकल असिस्टेन्टहरुलाई सो सम्बन्धी प्रशिक्षण प्रदान गराई संचालनको योजना समेत नेपाल एपीएफ अस्पतालको रहेको बताईएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०८२/८३ बाट हालै नेपाल एपीएफ अस्पताल बलम्बुमा एपीएफ नेपाल ईन्स्टिच्यूट अफ हेल्थ साईन्सेस् संचालन भएको छ । सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी सेवा केन्द्रबाट संचालन गरिएको यस ईन्स्टिच्यूटको २०८२ साल बैशाख २६ गते प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (ऋत्भ्ख्त्)बाट आशयपत्र प्राप्त भएपश्चात् औपचारिक रुपमा कार्य संचालन गरिएको थियो । ऋत्भ्ख्त् बाट २०८२ साल साउन ७ गतेको सम्बन्धनपत्र प्राप्त भई यसै शैक्षिक सत्रदेखि प्रविणता प्रमाणपत्र तह नर्सिङ्ग शुरु गरिएको ईन्स्टिच्यूट अफ हेल्थ साईन्सेसमा ४० जना विद्यार्थीको सिट रहेको शैक्षिक कार्यक्रम ३ वर्ष अवधिको रहेको छ ।

ईन्स्टिच्यूटमा हालसम्म सःशुल्कतर्फ ३६ जना र छात्रबृत्तितर्फ ४ जना गरी ४० जना विद्यार्थी भर्ना प्रक्रिया पुरा भई अध्ययन कार्य शुरु भएको छ । जसमध्ये बहालवाला, अवकाशप्राप्त तथा अमर सशस्त्र प्रहरी कर्मचारीका सन्तती ८ जना र १ जना स्थानीय चन्द्रागिरी नगरपालिकाको वासिन्दालाई प्रदान गरिएको हो । जसमध्ये वर्गीकृत ४ र जेहेन्दार १ गरी ५ जनालाई पूर्ण निःशुल्क छात्राबृत्ति प्रदान गरिएको छ । विद्यार्थीहरुको प्रयोगात्मक सीप विकासको लागि यस ईन्स्टिच्यूटमा शैक्षिक कार्यक्रमहरुको प्रयोगात्मक क्लिनिकल अभ्यासहरु अस्पतालकै सेवा प्रवाह केन्द्रहरुमा संचालन गरिने छ ।

अध्ययनको लागि आवश्यक पर्ने कक्षाकोठा, सीप विकास केन्द्र, पुस्तकालय, प्रयोगात्मक ल्याव, अतिरिक्त क्रियाकलाप क्षेत्रहरुको व्यवस्थापन र शिक्षक तथा विद्यार्थीहरुको आवासको समेत व्यवस्था गरिएको छ ।

यसैगरी कुरिनटारमा रहेको ट्रमा सेन्टर र सातै वटा प्रदेशमा रहेका फिल्ड अस्पताल समेत स्थायी संरचनामा संचालन हुने भएका छन् । यसअघि फिल्ड अस्पताल र कुरिनटारको ट्रमा सेन्टरमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डाक्टरको कमाण्ड रहेकोमा अब प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डाक्टरले कमाण्ड गर्नेछन् । स्थायी भएसँगै ती अस्पतालबाट आम सर्वसाधरणले समेत स्वास्थ्य सेवा पाउने छन् ।

प्रतिक्रिया