कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
मेरोन्यूज
२०८२ पुष ७ गते २०:१७

काठमाडौँ । नेपाली कांग्रेस क्रियाशील सदस्यताको आवेदन फारम पुस ९ गते मध्याह्न १२ बजेसम्म मात्रै भर्न पाइने भएको छ ।
आज बसेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले क्रियाशील सदस्यताको फारम पुस ९ गते मध्याह्न १२ बजेसम्म भर्न पाइने र त्यसपछि पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको सदस्य प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिए ।
‘पुस ९ गते क्रियाशील सदस्यता फारम भर्ने समय दिउँसो १२ बजेपछि लक गरेर त्यही दिन साँझ प्रमाणीकरण गरेर सार्वजनिक गर्छौँ,’ उनले भने, ‘नयाँ सदस्यताको फारम भने पुस १० गते राति लक गरेर ११ गते प्रमाणीकरण सकेर पार्टीलाई बुझाउँछौँ ।’
उनले जनसम्पर्कको समितिको नयाँ सदस्यता नपाएको हकमा आवेदन दिन र क्रियाशील सदस्यताको आवेदन दिन केन्द्रबाटै मिल्ने गरी आजबाट फारम खुला भएको रसाइलीको भनाइ छ ।
सम्बन्धित











तीन शीर्ष नेतासँग पहिलोपटक संवादमा प्रधानमन्त्री कार्की
राप्रपाको जनजागरणसभा पुस १२ गते झापामा हुने
नेप्सेमा सामान्य अंकको सुधार
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया