शुक्रबार, वैशाख १८, २०८३

गोकुल बास्कोटाको कटाक्ष : चुनाव हुँदैन भन्देै दलहरु भित्रभित्रै समानुपातिक उमेदवार नाम बटुल्दैछन्

मेरोन्यूज २०८२ पुष ८ गते ९:२३

एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले दलहरूले बाहिर चुनाव हुँदैन भन्दै भित्रभित्रै  समानुपातिक उम्मेदवारको नाम संकलन  थालेको कटाक्ष गरेका छन्। 

Advertisement
NiccNicc

आज सामाजिक सञ्जालमा उनले यस्तो कटाक्ष गरेका हुन्।  भित्रभित्रै समानुपातिक उम्मेदवारको नाम कुन दलले संकलन गरे, त्यो उनले खुलाएका छैनन् । तर कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीसहितका कतिपय दलले घोषित रुपमै समानुपातिक उम्मेदवारको नामावली संकलन अघि बढाएका छन्। 

एमालेले भने फागुन २१ गतेका लागि घोषित निर्वाचनको विरोध गर्दै आएको छ। एमाले अध्यक्ष केपी ओलीले यो सरकारले नगर्ने चुनावको प्रचार गर्दै आएको दाबी गरेका छन् । तर बास्कोटाकाे संकेत विशेषत आफ्नै पार्टीलाई रहेको देखिन्छ ।

उनले लेखेका छन् , ‘चुनाब हुँदैन पनि भन्छन्, दलहरू फेरि आाफैँ खुसुखुसु समानुपातिक सदस्यको नाम पनि बटुल्दै रहेछन्, ‘कुन पत्याउनु हो? लाखे!’

प्रतिक्रिया