कक्षा १२ को परीक्षा फाराम खुल्यो, आंशिकले पनि भर्न पाउने
मेरोन्यूज
२०८२ पुष ८ गते १०:४६

काठमाडौं । कक्षा १२ को परीक्षा फाराम खुलेको छ । ०८३ सालमा हुने वार्षिक परीक्षाका लागि फाराम खुला गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)ले जानकारी दिएको छ ।
०८३ को वार्षिक परीक्षाका लागि नियमित र आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९(अन्तिमपटक), ८० र ८१ भएका परीक्षार्थी मात्र)का विद्यार्थीका लागि फाराम खुलाइएको हो ।
परीक्षासम्बन्धी वार्षिक कार्यतालिकामा उल्लेख भएअनुसार पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्ने पर्ने हुन्छ । यो अवधिमा छुटेका विद्यार्थीहरुले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।
बोर्डले शुल्क बुझाएको प्रमाणसहित विद्यार्थीको फाराम माघ २५ गतेसम्म बुझाइसक्न विद्यालयहरूलाई निर्देशन दिएको छ ।

सम्बन्धित
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
प्रतिक्रिया