अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
मेरोन्यूज
२०८२ पुष ८ गते १९:४८

काठमाडौँ, ८ पुसः राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका पार्टी अध्यक्ष कमल थापालाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ र बाँके २ बाट सिफारिस गरिएको छ ।
राप्रपा नेपाल काठमाडौँ ५ को आज बसेको क्षेत्रीय कार्यसमिति बैठकले थापाको नाम एकल सिफारिस गरेको क्षेत्रीय अध्यक्ष सन्तोष अधिकारीले जानकारी दिए ।
बैठकले समानुपातिकमा जयकुमार खड्का, अर्जुन नेपाली र सुनिता कुरुङ्ग्वाङ्गको नाम सिफारिस गरेको छ । यसैगरी बाँके निर्वाचन क्षेत्र नं २ बाट पनि थापाको नाम सर्वसम्मत सिफारिस भएको पार्टी महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
पार्टीका क्षेत्रीय कार्यसमितिले देशभरिबाट उम्मेदवारको नाम सिफारिस गरेको पार्टी केन्द्रीय सचिवालयले जनाएको छ ।
सम्बन्धित
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
प्रतिक्रिया