सुदूरपश्चिमकै पहिलो पाँचतारे होटेल धनगढीमा बन्दै

काठमाडौं। अन्तर्राष्ट्रिय होटल चेन ‘होलिडे इन’ र क्लब चौलानी लिमिटेडबीच होटल व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ।
मंगलबार होलिडे इन रिसोर्ट बुढानिलकण्ठमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलको प्रमुख आतिथ्यतामा सम्झौता सम्पन्न भएको हो। सम्झौतामा क्लब चौलानी लिमिटेडका तर्फबाट अध्यक्ष डा. राजेन्द्र के.सी. तथा ‘होलिडे इन’का दक्षिण एसियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका छन्।
सो अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा परियोजनासम्बन्धी विवरण, लगानी संरचना तथा आगामी योजनाबारे जानकारी गराइएको थियो। साथै होटल परियोजनाको आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि गरिमा क्यापिटललाई प्रवर्द्धकका रूपमा नियुक्त गरिएको जानकारी पनि दिइएको छ।
धनगढीमा निर्माण हुन लागेको ‘होलिडे इन, धनगढी’ सुदूरपश्चिम प्रदेशकै पहिलो अन्तर्राष्ट्रिय होटल चेन अन्तर्गतको पाँचतारे होटल हुने जनाइएको छ। होटलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ५ प्रिमियम सुइटसहित ११५ वटा आधुनिक अतिथि कक्ष रहनेछन्।
यसका अतिरिक्त करिब १८,५०० वर्गफुट क्षेत्रफलमा फैलिएको अत्याधुनिक व्यान्क्वेट हल, ७०० जनासम्म अट्ने भव्य कार्यक्रम स्थल, रूफटप स्विमिङ पुल, बहु–परिकार रेस्टुरेन्ट, पूर्ण रूपमा सुसज्जित फिटनेस सेन्टर, बैठक तथा सम्मेलन कक्षहरू र निजी डाइनिङ सुविधाहरू रहनेछन्।
परियोजनाको कुल लगानी करिब रु. २२० करोड रहेको छ। जसमा करिब ६५ प्रतिशत (रु. १४३ करोड) बैंक ऋण तथा ३५ प्रतिशत (रु. ७७ करोड) प्रवर्द्धकहरूको स्व–पूँजीबाट व्यवस्थापन गरिनेछ।
धनगढी प्राकृतिक सौन्दर्य, धार्मिक–सांस्कृतिक सम्पदा, जैविक विविधता तथा आर्थिक गतिविधिका दृष्टिले सम्भावनायुक्त क्षेत्र मानिन्छ। भारतको उत्तराखण्ड र उत्तर प्रदेशका प्रमुख सहरहरूसँग नजिक रहेको धनगढीले ठूलो संख्यामा भारतीय पर्यटक आकर्षित गर्ने सम्भावना बोकेको छ। साथै सुदूरपश्चिमका सात जिल्लाको प्रमुख प्रवेशद्वारका रूपमा विकसित हुँदै गएको धनगढी, महेन्द्रनगर नजिक तथा धनगढी विमानस्थलबाट करिब ८ किलोमिटर दूरीमा अवस्थित छ।
‘होलिडे इन, धनगढी’ परियोजनाले सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय आवास, व्यावसायिक पर्यटन तथा अन्तर्राष्ट्रिय ब्रान्डेड आतिथ्य सेवाको नयाँ युगको सुरुआत गर्ने विश्वास लिइएको छ। यसले स्थानीय रोजगारी सिर्जना गर्दै क्षेत्रीय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।











रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया