केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

पर्सा । पर्सा प्रहरीले जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा फरार भएका दुई जना कैदीलाई मङ्गलबार पक्राउ गरेर वीरगञ्ज कारागारमा बुझाएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरीका प्रवक्ता राजु कार्कीले विशेष सूचनाको आधारमा केन्द्रीय कारागारबाट भागेका दुई जना कैदीलाई पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीले बाराको विश्रामपुर गाउँपालिका–२५ का प्रदेशी भन्ने सुदामा पासवान केन्द्रीय कारागार कार्यालय काठमाडाैंमा कर्तव्य ज्यान मुद्दाका २५ वर्ष कैद भुक्तान गरिरहेकामा जेनजी प्रदर्शनका क्रममा फरार भएका थिए ।
त्यसैगरी, गत भदौ २४ गते केन्द्रीय कारागारबाट फरार रहेका बारा परवानीपुर गाउँपालिका–२ का विवेकलाल साह कानुलाई पनि पक्राउ गरेर वीरगञ्ज कारागार बुझाएको छ । निज उच्च अदालत पाटन इजलास हेटौँडाको आदेशले रु ५० हजार धरौटी तिर्न नसकी केन्द्रीय कारागार चलान भएका कैदी हुन् ।















भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
समानुपातिक प्रणालीतर्फको मतगणनाकाे काम आज सकिदै
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया