फिलिपिन्समा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, २३ घाइते
मेरोन्यूज
२०८२ पुष ११ गते १७:१५

फिलिपिन्सको लुजोन टापुस्थित कामारिनेस सुर प्रान्तमा शुक्रबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मेट्रो मनिलाबाट दक्षिणतर्फ गइरहेको बस डेल गालेगो नगरपालिकाको राजमार्गमा अनियन्त्रित भई सडकभन्दा तल खसेको हो । बसमा चालक र सह–चालकसहित २७ जना सवार थिए ।
सडकभन्दा तल रहेका रूखहरूले बसलाई थप तल खस्नबाट रोकेकाले ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
सम्बन्धित
















नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
प्रतिक्रिया