कार्यकर्तालाई कार्यवाहक सभापति खड्काकाे आह्वान : चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नू

काठमाडौँ। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका लागि पार्टीको महाधिवेशन र आमनिर्वाचन दुवै अनिवार्य भएको भएको बताएका छन्।
निजी विद्यालयका शिक्षक र कर्मचारीको संगठन नेपाल अध्यापक संघको शुक्रबार सम्पन्न प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टी चुनावमा होमिइसकेकाले कार्यकर्तालाई त्यसतर्फ लाग्न आह्वान गरे।
‘अहिले हरेक एकाइमा क्रियाशील सदस्यता वितरण भइरहेको छ। मापदण्ड पुगेका सबैले सदस्यता पाउन् भन्नेमा सबै कार्यकर्ता सचेत हुनुपर्छ, उनले भने, ‘महाधिवेशनमा राम्रो गर्न सके चुनावमा पनि अपेक्षित नतिजा हासिल गर्न सकिन्छ।’
संघको अधिवेशनले भोलानाथ चालिसेको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्वाचन गरेको छ। कर्मचारीको पेसागत तथा राजनीतिक हक कायम गराउने उद्देश्यले संस्थाको स्थापना भएको हो।











म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
कार्यकर्तालाई कार्यवाहक सभापति खड्काकाे आह्वान : चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नू
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
प्रतिक्रिया