आजपा, जनादेश र लघुवित संघर्ष समितिबिच चुनावी तालमेल गर्ने सहमती

काठमाडौं, १२ पुस : आम जनता पार्टी (आजपा), जनादेश पार्टी र लघुवित संघर्ष समितिका बीचमा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा चुनावी तालमेल एवं सहकार्य गर्ने सहमती आज भएको छ ।
आजपाको चुनाव चिन्ह ‘मोवाइल’ छापबाट चुनावमा सहभागि हुने सहमती गर्दै अग्रगामी, सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिहरुसंग चुनावी सहकार्य एवं तालमेल गरेर दीर्घकालीन बैकल्पिक राजनीतिक धार निर्माण गर्न सहमती भएको हो ।
‘प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका उम्मेदवारको छनोट आपसी सहमतिको आधारमा गर्नेछौं । अग्रगामी, सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिहरुसँग चुनावी सहकार्य एवं तालमेल गरेर दीर्घकालीन वैकल्पिक राजनीतिक धार निर्माण गर्न सहमत भएका छौं,’ तीनै पक्षले आज गरेको सहमती पत्रमा उल्लेख गरिएको छ ।
देशमा मौलाउँदै गएको चरम भ्रष्टाचार, ठगी र राज्य संयन्त्रको दुरुपयोगका कारण आम नागरिकको जनजीवन असह्य बन्दै गएको वर्तमान यथार्थलाई गम्भीरतापूर्वक आत्मसात गर्दै आजपा, जनादेश पार्टी र लघुबित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति बिच सहकार्य गर्दै अगाडी बढने सहमती भएको सहमितपत्रमा उल्लेख छ ।
लघुवित्त कम्पनी÷संस्थाद्धारा भए गरेका गलत एवं अमानवीय कार्यहरु बिरुद्धमा एकजुट भएर आवाज उठाउने बताइएको छ । अत्यधिक एवं मनोमानी व्याजदर, अनैतिक ऋण असुली र ग्राहकहरुमाथि भएगरेका दुव्र्यवहारका कारण लाखौं नागरिक आर्थिक, मानसिक एवं सामाजिक शोषणको सिकारमा परेको सन्दर्भमा लघुवित्त सहित बैंक तथा वित्तीय संस्थाबाट ठगीएका पीडितहरूको पक्षमा न्याय दिलाउन जारी संघर्षलाई निर्णायक विन्दुसम्म पुर्याउन साझा मोर्चा निर्माण गर्दै कानुनी, राजनीतिक र जनदबाबको शशक्त एवं नतिजामुखी मार्गहरु अपनाउन सहमतीमा उल्लेख छ ।
‘देशमा राजनीतिक अस्थिरता, कुशासन तथा वित्तीय शोषण अन्त्यका लागि सडकबाट सुरु भएको जनसंघर्षका आवाजलाई शशक्त रूपमा संसदसम्म पुर्याउदै राज्य संयन्त्रलाई जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गर्दछौँ,’ सहमतीपत्रमा उल्लेख गरिएको छ ।
यसैगरी आजको आईटी युगमा सबैभन्दा लोकप्रिय र पहिचान योग्य आम जनता पार्टीको मोबाइल चुनाव चिन्हलाई लघुबित्त संघर्ष समितिले उपयोग गर्ने र आफ्नो मुद्दामा स्वतन्त्र ढंगले प्रचार गर्न पाउने विषयमा सहमत भई चुनावमा एक–आपसलाई सहयोग गर्न गराउन प्रतिबद्ध समेत व्यक्त गरिएको छ ।
आजपाको तर्फबाट अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह, तिलक थापा मगर, त्रिभुवन साह, चन्द्रभुषण साह, जनादेश पार्टीको तर्फबाट अध्यक्ष रमण कर्ण, संघर्ष समितिको तर्फबाट पुनाराम ज्ञवाली (मनिराम), अगस्त अधिकारी, मनी प्रसाद चौलागाई, अर्जुन विश्वकर्मा, आशा सञ्जेल लगायतले सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।












निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
निर्वाचन ७० दिन बाँकीः निर्वाचन आयोगले जारी गर्यो निर्वाचन आचारसंहिता
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
प्रतिक्रिया