एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट
मेरोन्यूज
२०८२ पुष १३ गते १५:०६

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरूले आईएमई हस्पिटालिटीअन्तर्गतका होटल, रिसोर्ट तथा केबलकार सेवाहरूमा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।
यससम्बन्धी सम्झौतापत्रमा बैंकका डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख विमल लम्साल र आईएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन्।
यो सुविधाअन्तर्गत बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले होटल ले हिमालय, इला होटल्स एण्ड रिसोर्ट्स, इला कम्फर्ट, द लेकसाइड रिसोर्ट, सेक एण्ड फेंग रेष्टुरेन्ट, मौलाकाली केबलकार र लुम्बिनी केबलकारमा छुट प्राप्त गर्नेछन्।
यस सहकार्यले ग्राहकलाई सहुलियत मिल्नुका साथै डिजिटल भुक्तानी र नगदरहित कारोबारमा प्रोत्साहन मिल्ने बैंकले जनाएको छ।
सम्बन्धित











पदावधि छँदै उपसभामुख इन्दिराले दिइन् राजीनामा
कार्यसम्पादन समितिको बैठकको निर्णय कार्यान्वयन गर्न कांग्रेसकाे निर्देशन
सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सव सम्पन्न
तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
प्रतिक्रिया