रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसद छनोटका लागि गरेको ‘प्राइमरी इलेक्सन’ को नतिजा सार्वजनिक गरेको छ।
सार्वजनिक नतिजा अनुसार पहिलो नम्बरमा १८ हजार २२३ मत प्राप्त गर्दै रमेश प्रसाईं निर्वाचित भएका छन् ।
यस्तै खसआर्यतर्फ प्रसाईंपछि प्रमोद न्यौपानेले १४ हजार १६७ मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेका छन्। तेस्रो स्थानमा १३ हजार ५५१ मत ल्याएर रञ्जु दर्शना निर्वाचित भएकी छन्।
सूचीअनुसार चौथो नम्बरमा टिका संग्रौला (ज्वाला) ले १३ हजार १०६ मत पाएकी छन्। पाँचौँमा लिमा अधिकारीले १२,७६०, छैटौंमा समीक्षा बास्कोटाले १२,४६०, सातौंमा विपिनकुमार आचार्यले १२,२४५, आठौंमा क्रान्ति शिखा धितालले ११,७८१ र नवौंमा प्रतिभा रावलले ११,७२१ मल मत प्राप्त गरी निर्वाचित भएका छन्। स्वस्तिका लामिछानेले ११ हजार ५४६ मत ल्याएकी छन्।
यस्तै आदिवासी जनजातितर्फ १६ हजार १२ मत प्राप्त गर्दै उत्तम बहादुर गुरुङ पहिलो नम्बरमा, १४ हजार २०१ मत प्राप्त गर्दै गायिका सत्यकला राई दोस्रो नम्बरमा, १३ हजार ७३ मत प्राप्त गर्दै टासी लाजोम तेस्रो नम्बरमा र १३ हजार ५९ मत प्राप्त गर्दै मिलन लिम्बु चौथो नम्बरमा निर्वाचित भएका छन् ।
दलित क्लस्टरतर्फ १३ हजार १४३ मत ल्याएर विजय जैरु पहिलो भएका छन्। दोस्रोमा अमृता विकले १०,०७३, तेस्रोमा सविना विश्वकर्माले १२,८५६, चौथोमा स्मृति सेन्चुरीले १२,७१० र पाँचौँमा अविता नेपालीले १२,२८५ मत प्राप्त गरी निर्वाचित भएका छन्।
यस्तै, सिता विश्वकर्माले ११,२१५, डा. रुपक विश्वकर्माले ११,१५५, खिमा बिकले ९,८३५ र चन्द्रकला बिकले ९,७१९ ल्याइ क्रमशः छैटौँदेखि नवौँ स्थानमा रहेका छन्।
मधेशीतर्फ पुनमकुमारी अग्रवालले सर्वाधिक १५ हजार ७४५ मत पाएकी छन्भने डा. अंकिता ठाकुरले १२,३२२ ल्याइ दोस्रो र ममता शर्माले ११,६३० मत प्राप्त गरी तेस्रो स्थानमा छन्।
यस्तै थारुतर्फ प्रेमलाल चौधरी १७ हजार ४२५ उच्च मतसहित पहिलो हुँदा चुमन चौधरी १३,६१३ सहित दोस्रो र पुष्पाकुमारी चौधरी १३,५३५ मत प्राप्त गरी तेस्रो भएकी छन्।
मुस्लिमतर्फ समिना मियाले १५ हजार ९६७ मत ल्याएर पहिलो स्थान सुरक्षित गरिन्। दोस्रोमा अख्तर हुसैनले १५,१५७ ल्याउँदा र तेस्रो स्थानमा अटाएका मोहम्मद हसरत अलीले १४,४६३ मत प्राप्त गरेा छन् ।
















रुपन्देही–३ का प्रलोपाका उम्मेदवार काराखेती पार्टीबाट निष्कासित
Power production should be increased for prosperous Nepal: Chair Ghising
अमेरिका–रुसबीच सैन्य संवाद पुनः सुरु
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
प्रतिक्रिया