पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?

काठमाडौं ।आज २०८२ साल पुस १६ गते बुधबार तदनुसार सन् २०२५ डिसेम्बर ३१ तारिख । पौष शुक्ल पक्षको द्वादशी तिथि । राष्ट्रिय मेलमिलाप दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।
मेष : बलभन्दा बुद्धिको उपयोगले काम लिनुहोस् सफलता मिल्नेछ। रचनात्मक र कलात्मक कार्यमा मन जानेछ। आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
वृष :आर्थिक पक्ष सबल रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ अरुको मद्दत गर्दै अगाडि बढ्न सकिनेछ। मेहनत र परिश्रमले विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ।आजको शुभ रंग बैजनी हो भने अंक २ रहेको छ।
मिथुन : आलस्यले गर्दा कार्य समयमा सम्पादन नहोला। पारिवारिक जिम्मेदारी निभाउन खटिनुपर्ला। दिन संघर्षपूर्ण रहनेछ। आर्थिक पक्षलाई लिएर मनमा चिन्ता रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
कर्कट :टाढाका आफन्तहरू नजिकिनेछन्। कानुनी मुद्दा मामलाहरूमा पक्ष मजबुत रहनेछ। आफ्नो व्यवहारले अरुको मन जित्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
सिंह : आशावादी भएर कर्म गर्नुहोस् सफलता अवश्य मिल्नेछ। व्यक्तिगत विषयलाई लिएर खर्च बढ्नेछ। सम्मानित वा उच्च पदासीन व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
कन्या : नयाँ अवसरको लागि केही दौडधुप गर्नुपर्ला। अरुको लागि बुद्धि वा श्रम खर्च गर्नुपर्ला। अध्ययनमा समय दिन नसक्दा पछि परिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
तुला : सामाजिक कार्यमा उल्लेखनीय योगदान दिन सकिनेछ। व्यापार र साझेदारीमा लाभ हुनेछ साथै आयस्रोत बढ्नेछ। हराएको चिज पुनः प्राप्त होला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक : दिन उपलब्धिमूलक रहनेछ। रोकिएको काम पुनः दोहोराएर गर्ने प्रयास गर्नुहोस् सफलता हात लाग्नेछ। शुभचिन्तकहरूको साथ र सहयोग पाइनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
धनु :अवसरले आत्मबल बढ्नेछ वा कार्यक्षेत्रमा सफलता मिल्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने अतिथि रुपमा सत्कार पाइनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।
मकर : शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। विद्यार्थीहरूको पठनपाठन मन लाग्नेछ। परिवारको साथ मिल्नाले मनमा उत्साह जाग्नेछ। साहित्य र कलाको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
कुम्भ : प्रतिष्ठा जोगाउन सफल भइनेछ। महत्वकांक्षी योजनाहरू प्रारम्भ गर्नमा उपयुक्त समयको प्रतिक्षा गर्नुहोला। अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। छरछिमेकीसँग कुनै कुराले विवाद बढ्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।
मीन :रोकिएका काम बन्नाले अरु कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थल शत्रुको मनोबल कमजोर पार्न सकिनेछ। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।













उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
देशभर पश्चिमी वायुको प्रभाव , कस्तो रहला आजको मौसम ?
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया