भेनेजुएलाले राष्ट्रिय आपतकाल घोषणा गरेसँगै ट्रम्पले राजधानी काराकसमा दिए आक्रमणको आदेश

काराकास– भेनेजुएलाको राजधानी काराकासमा अमेरिकाले हमला गरेको छ । शनिबार बिहान धेरै विस्फोटहरू भएको विवरणसहितको समाचार सीएनएनले प्रकाशित गरेको छ।
पहिलो विस्फोट स्थानीय समय अनुसार बिहान करिब १:५० बजे भएको थियो ।सीएनएनकी संवाददाता ओस्मारी हर्नान्डेजले भनिन्, ‘एउटा विस्फोट यति शक्तिशाली थियो कि मेरो झ्याल हल्लियो ।’
विस्फोटपछि शहरका केही भागमा विद्युत् आपूर्ति बन्द भएको छ । ला कार्लोटा विमानस्थल नजिकै धुवाँको मुस्लो उठेको देखिएको छ।भिडियोहरूमा रातको समय आकाशमा दुईवटा धुवाँका मुस्लोहरू देखिएका थिए, जसमा एउटाको आधारमा सुन्तला रंगको चमक थियो।
भेनेजुएलाका अन्य स्थानहरू ला ग्वाइरा राज्य र मिरान्डा राज्यको हिगुएरोटे शहरमा पनि विस्फोटहरू सुनिएको स्थानीय सञ्चारमाध्यमहरूले रिपोर्ट गरेका छन्।
यो घटना अमेरिका र भेनेजुएला बीचको बढ्दो तनावको पृष्ठभूमिमा भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा लागुऔषध तस्करी सञ्जालविरुद्ध नयाँ कारबाही गर्ने चेतावनी दिएका थिए । उनलेे छिट्टै स्थल आक्रमण सुरु हुने बताएलगत्तै विस्फोट भएका हुन् ।













सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन भेनेजुएलाको माग
समानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा
आवासीय क्षेत्रमा अमेरिकाले बम आक्रमण गरेको भेनेजुएलाका रक्षामन्त्रीको भनाइ
गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
पुस १७ गते बिहिवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया