भेनेजुएलाले राष्ट्रिय आपतकाल घोषणा गरेसँगै ट्रम्पले राजधानी काराकसमा दिए आक्रमणको आदेश

काराकास– भेनेजुएलाको राजधानी काराकासमा अमेरिकाले हमला गरेको छ । शनिबार बिहान धेरै विस्फोटहरू भएको विवरणसहितको समाचार सीएनएनले प्रकाशित गरेको छ।
पहिलो विस्फोट स्थानीय समय अनुसार बिहान करिब १:५० बजे भएको थियो ।सीएनएनकी संवाददाता ओस्मारी हर्नान्डेजले भनिन्, ‘एउटा विस्फोट यति शक्तिशाली थियो कि मेरो झ्याल हल्लियो ।’
विस्फोटपछि शहरका केही भागमा विद्युत् आपूर्ति बन्द भएको छ । ला कार्लोटा विमानस्थल नजिकै धुवाँको मुस्लो उठेको देखिएको छ।भिडियोहरूमा रातको समय आकाशमा दुईवटा धुवाँका मुस्लोहरू देखिएका थिए, जसमा एउटाको आधारमा सुन्तला रंगको चमक थियो।
भेनेजुएलाका अन्य स्थानहरू ला ग्वाइरा राज्य र मिरान्डा राज्यको हिगुएरोटे शहरमा पनि विस्फोटहरू सुनिएको स्थानीय सञ्चारमाध्यमहरूले रिपोर्ट गरेका छन्।
यो घटना अमेरिका र भेनेजुएला बीचको बढ्दो तनावको पृष्ठभूमिमा भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा लागुऔषध तस्करी सञ्जालविरुद्ध नयाँ कारबाही गर्ने चेतावनी दिएका थिए । उनलेे छिट्टै स्थल आक्रमण सुरु हुने बताएलगत्तै विस्फोट भएका हुन् ।
















खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
इरान प्रस्तावमा अमेरिकाकाे आशंका, युद्ध अन्त्य अनिश्चित
काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
प्रतिक्रिया