भारतीय सुरक्षा बलको कारवाहीमा परी १४ जना माओवादी विद्रोहीको मृत्यु : प्रहरी

नयाँ दिल्ली। भारतले देशको मध्य क्षेत्रमा लामो समयदेखि चलिरहेको विद्रोहलाई दमन गर्ने अभियानका क्रममा भारतीय सुरक्षा बलले कारवाही गर्दा शनिबार भएका दुई झडपमा परी १४ जना माओवादी विद्रोही लडाकुहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । मध्य भारतमा सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि लडिरहेको भन्दै नक्सलवादी विद्रोहीहरूले दशकौँदेखि चलाएको विद्रोहमा दश हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।
सरकारले यस समूह माथि कारबाही गरिरहेको छ, जसको नाम हिमालयको फेदमा रहेको गाउँको नाममा राखिएको छ जहाँ लगभग छ दशक अघि माओवादी–प्रेरित विद्रोह सुरु भएको थियो । प्रहरीका अनुसार विद्रोहीहरूलाई मध्य राज्य छत्तीसगढमा शनिबार गोली हानेर मारिएको थियो ।
छत्तीसगढ प्रहरीले विज्ञप्ति जारी गर्दै मासुकमा र बिजापुर जिल्लामा भएको झडपमा १४ जना माओवादी मारिएको जनाएको छ । विद्रोहीहरुसँग गोलाबारुद र एसल्ट राइफलहरू जफत गरिएको छ ।
अधिकारीहरूले बारम्बार मार्चको अन्त्य सम्ममा विद्रोह पूर्ण रूपमा अन्त्य गर्ने वाचा गरेका छन् । सन् २००० को दशकको मध्यमा अनुमानित १५ हजार देखि २० हजार लडाकुहरूसहित नक्सालवादी विद्रोहले कुनै समय देशको लगभग एक तिहाइ भागमा प्रभुत्व जमाएको थियो ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया