अमेरिकाको एरिजोनामा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
मेरोन्यूज
२०८२ पुष १९ गते १८:५३

अमेरिकाको एरिजोनाको पहाडी क्षेत्रमा शुक्रबार एक निजी हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । पिनल काउन्टी शेरिफको कार्यालयले सामाकिस सञ्जाल फेसबुकमा राज्यको राजधानी फिनिक्स नजिकैको सुपीरियर सहर नजिकै हेलिकप्टर दुर्घटना भएको बताएको छ ।
दुर्घटना विहान ११ बजे तिर भएको थियो, शेरिफको कार्यालयले जनाएको छ । उद्धारकर्मीहरूले हेलिकप्टरको भग्नावशेषमा पुगे र दुर्घटनामा सवार सबै चार जनाको मृत्यु भएको पुष्टि गरे ।
पीडितहरूमा हेलिकप्टर चालक र एउटै परिवारका तीन महिला सदस्यहरू रहेको जनाइएको छ । अमेरिकी एविएशन एडमिनिस्ट्रेशन र राष्ट्रिय यातायात सुरक्षा बोर्ड द्वारा अनुसन्धान जारी रहेको शेरिफको कार्यालयले जनाएको छ ।
सम्बन्धित
















बाँकेमा ६१ मतदानस्थल संवेदनशील
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
सुदूरपश्चिममा कुष्ठरोगको समस्या यथावत
सेयर बजारमा सामान्य अंकको सुधार
कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया