सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन भेनेजुएलाको माग

काराकसलगायतका क्षेत्रमा अमेरिकी आक्रमणपछि भेनेजुएलाले यसबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन माग गरेको छ । भेनेजुएलाका विदेशमन्त्रीले अन्तर्राष्ट्रिय कानुनको सम्मान सबैले गर्नुपर्ने भन्दै यसका लागि तत्काल सुरक्षा परिषद्को बैठक बोलाउन माग गरेका छन् ।
भेनेजुएलाका राष्ट्रपति मदुरोले अमेरिकी सेनाको आक्रमणपछि एक विज्ञप्ति जारी गर्दै काराकासमा भएको आक्रमणको उद्देश्य आफ्नो देशको स्रोतसाधन कब्जा गर्ने अमेरिकी रणनीति बताएका छन् । यद्यपि, न्यूयोर्क टाइम्ससँगको संक्षिप्त फोन अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलामा ‘नार्को–आतंकवाद षड्यन्त्र’ विरूद्धको आक्रमण सफल भएको बताउनुभएको छ। उनले भने, “वास्तवमा यो एक शानदार कारबाही थियो ।”
उनले अगाडी थपे, “भेनेजुएलामा धेरै राम्रो योजना र धेरै महान् काम भएको छ । सेनाले महान् काम गरेको छ ।” उहाँले आक्रमणका लागि संसद् (कङ्ग्रेस) को अनुमोदन माग्नुभएको थियो कि थिएन भन्ने प्रश्नको जवाफ भने दिए । अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई न्यूयोर्कको दक्षिणी जिल्लामा ‘नार्को–आतंकवाद षड्यन्त्र’, कोकिन आयात गर्ने षड्यन्त्र र मेसिनगन आपुर्तिसँग सम्बन्धित आरोपमा अभियोग लगाइएको बताएका छन् ।
“उनीहरूले चाँडै अमेरिकी अदालतमा अमेरिकी भूमिमा अमेरिकी न्यायको पूर्ण क्रोधको सामना गर्नुपर्नेछ,” बोन्डीले एक्समा लेखेका छन् । मदुरोविरुद्ध सन् २०२० मा अभियोग दर्ता गरिएको थियो भने उक्त अभियोग पत्रमा उनकी पत्नीमाथि पनि अभियोग लगाइएको थियो ।
ट्रम्पको प्रशासनले अगस्टमा उहाँलाई पक्राउ गर्ने सूचनाको लागि पुरस्कारलाई दोब्बर बनाएर पाँच करोड अमेरिकी डलर पु¥याएकोे थिया उहाँविरूद्ध कथित ‘कार्टेल अफ द सन’ नामक लागूऔषध तस्करी सङ्गठनको नेतृत्व गरेको आरोप लगाएको थियो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई उद्धृत गर्दै एक सिनेटरले भने, “मदुरो अमेरिकी हिरासतमा रहेका कारण भेनेजुएलामा अब कुनै कारबाही हुने छैन ।”
माइक लीले भन्नुभयो, “भेनेजुएलामा आक्रमण ‘पक्राउ पूर्जी कार्यान्वयन गर्नेहरूको रक्षा र सुरक्षा’ गर्न बनाइएको थियो । मदुरो अमेरिकी हिरासतमा रहेका कारण भेनेजुएलामा अब कुनै कारबाही हुने छैन ।” यसैबीच, रुबियोले सामाजिक सञ्जालमा यस बर्षको सुरूदेखि पैषित सन्देश पुनः पोस्ट गर्दै अमेरिकाको भेनेजुयलाका राष्ट्रपति मदुरोविरूद्धको अभियानको स्मरण गराउनुभएको छ।
विदेशमन्त्री रुबियोबाट प्रेषित भएका सन्देशमा मदुरो भेनेजुएलाको वैध राष्ट्रपति नभएको, अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले बताएको र चुनावहरू अनियमितताले भरिएको भन्ने दावी गरिएका छन् । अमेरिकी उप–विदेशमन्त्री क्रिस्टोफर ल्यान्डौले एक्समा लेख्नुभएको छ, “भेनेजुएलाका लागि ‘नयाँ बिहानी’ को सुरूवात भएको, तानाशाहको अन्त्य भएको र मदुरोले आफ्नो अपराधका लागि न्यायको सामना गर्नुपर्नेछ।”
















हुम्लामा पनि डेङ्गुका बिरामी फेला
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष बुझाए ज्ञापनपत्र
विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
प्रतिक्रिया