भेनेजुएलाको अन्तरिम राष्ट्रपतिमा उपराष्ट्रपति ‘डेल्सी रोड्रिगेज’, काे हुन डेल्सी रोड्रिगेज ?
मेरोन्यूज
२०८२ पुष २० गते १०:०३

काठमाडौं । संवैधानिक सदनले डेल्सी रोड्रिगेजलाई "बोलिभेरियन गणराज्य भेनेजुएलाको राष्ट्रपतिको पद" ग्रहण गर्ने फैसला गरेको छ।
रोयटर्सका अनुसार, संवैधानिक सदनले रोड्रिगेजले "प्रशासनिक निरन्तरता र राष्ट्रको व्यापक रक्षाको ग्यारेन्टी गर्न बोलिभेरियन गणतन्त्र भेनेजुएलाको राष्ट्रपतिको पद ग्रहण गर्ने" फैसला गरेको हाे ।
फैसलामा भनिएको छ अदालतले "गणतन्त्रका राष्ट्रपतिको जबरजस्ती अनुपस्थितिको सामना गर्दा राज्यको निरन्तरता, सरकारको प्रशासन र सार्वभौमसत्ताको रक्षाको ग्यारेन्टी गर्न लागू हुने कानुनी ढाँचा निर्धारण गर्न" थप विचार-विमर्श गर्नेछ।
५६ वर्षीया डेल्सी रोड्रिगेज, मे १८, १९६९ मा जन्मिएकी काराकासकी मूल निवासी हुन्।
उनी १९७० को दशकमा क्रान्तिकारी लिगा सोसियालिस्टा पार्टी स्थापना गर्ने वामपन्थी छापामार लडाकु जर्ज एन्टोनियो रोड्रिगेजकी छोरी हुन्।
सीएनएनले रिपोर्टका अनुसार उनले भेनेजुएलाको सेन्ट्रल युनिभर्सिटीमा कानूनको अध्ययन गरेकि छिन्।उनी लामो समयदेखि मादुरो सरकारसँग नजिकको सहयोगी बनेर काम गरेको अनुभव छ । उनले ह्युगो चावेजको समर्थनमा पनि काम गरिसकेकी छन् ।
२०१३–२०१४ मा सञ्चार र सूचना मन्त्री, २०१४–२०१७ मा विदेश मन्त्री र २०१७ मा सरकारको समर्थक संविधान सभाको प्रमुखको रूपमा काम गरिसकेकी छिन् ।
२०१८ जुनमा उनलाई भेनेजुएलाको उपराष्ट्रपति नियुक्त गरिएको थियो र त्यसपछि उनी मुलुकको आर्थिक र राजनीतिक निर्णयहरूमा एक महत्वपूर्ण भूमिकामा छिन् ।
२०२४ अगस्टमा उनलाई तेल मन्त्रालयको अतिरिक्त जिम्मेवारी पनि दिइएको थियो, जसले अमेरिकी प्रतिबन्धहरूबीच भेनेजुएलाको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने अवसर प्रदान गरेको थियो ।
उपराष्ट्रपतिका रूपमा, रोड्रिगेजले विभिन्न मन्त्रालयहरू र आर्थिक नीतिहरू सम्हालेर देशको चरम महँगीको सामना गर्न प्रयास गरेकी छन्।
धेरैले उनलाई मादुरोको विश्वासपात्र सहयोगी र सरकारको कडा समर्थकका रूपमा हेर्छन् । अमेरिकाले मादुरालाई नियन्त्रणमा लिएलगत्तै उनले सार्वजनिक रूपमा अमेरिकी हस्तक्षेपको विरोध गर्दै अवस्था सार्वजनिक गर्न माग गरेकी थिइन् ।
सम्बन्धित












जिवनशैलीमा आएको परिवर्तनले पायल्स, फिस्टुला र फिसरका बिरामी बढ्दै
भक्तपुर २ को उम्मेदवारमा एमाले सचिव महेश बस्नेत सर्वसम्मत सिफारिस
ठगी बढेको भन्दै सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया