परिचयपत्रको आधारमा एथर इलेक्ट्रिक स्कुटर पाइने, मासिक ६ हजार ५८ रुपैयाँ किस्ता

काठमाडौँ । एथर ब्राण्डले ग्राहकले आफ्नो आधिकारिक परिचयपत्र मात्रको आधारमा इलेक्ट्रिक स्कुटर खरिद गर्नसक्ने योजन चाहने ग्राहकका लागि सजिलो फाइनान्स योजना ल्याएको छ । मासिक ६ हजार ५८ रुपैयाँबाट शुरु हुने मासिक किस्तामा ग्राहकले एथरको प्रिमियम इलेक्ट्रिक स्कुटर आफ्नो बनाउन सक्ने कम्पनीले बताएको छ।
कुनै पनि अतिरिक्त वित्तीय कागजात आवश्यक नपर्ने यो योजनाले इलेक्ट्रिक सवारी साधनको स्वामित्वमा देखिने सामान्य अवरोध हटाउँदै देशभर स्मार्ट र दिगो मोबिलिटीलाई प्रोत्साहन गर्ने विश्वास कम्पनीले लिएको छ ।
कम्पनीले हाल काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, पोखरा, इटहरी र बुटवल गरी आठ ओटा ‘एथर एक्सपेरियन्स सेन्टर’ र काठमाडौँको बौद्धमा एउटा ‘टेस्ट राइड जोन’ सञ्चालनमा ल्याएको छ ।
साथै, आठ आधिकारिक सेवा केन्द्र र प्रमुख शहर तथा राजमार्गमा २७ भन्दा बढी ‘एथर ग्रिड’ फास्ट चार्जिङ पोइन्टहरू स्थापना भइसकेको कम्पनीले बताएको छ।














लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित तीन जना नियुक्त
अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
प्रतिक्रिया