मंगलबार, पुष २२, २०८२

आज सुनकाे भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? 

मेरोन्यूज २०८२ पुष २१ गते ११:२२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।  आज सुन तोलामा चार हजार ६ सय रुपैयाँले बढेर २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १८५ रुपैयाँले बढेर आज ४ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी चार हजार ५०० रुपैयाँमा कायम भएको थियो । 

प्रतिक्रिया