काठमाडौँको तापक्रम घट्यो

काठमाडौँ । काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा तापक्रम घटेको छ । जल तथा मौसम विज्ञानविभागका अनुसार पछिल्लो २ दिनमै काठमाडौँको न्यूनतम तापक्रम १ डिग्री घटेर आज तीन दशमलव पाँच डिग्रीमा झरेको छ ।
यही पुस १९ गते काठमाडौँको तापक्रम ४.५ डिग्री रहेकोमा आज विहान ९ बजे तापक्रम ३.५ डिग्रीमा झरेको छ । हिजो यहाँको तापक्रम ४ डिग्री रहेको थियो । मौसमविद् विनु महर्जनले यो तापक्रम यो वर्षकै कम भएको र तापक्रम यो जनवरी महिनामा क्रमशः घट्दो नै हुने बताइन् । काठमाडौँसँगै देशका धेरै ठाउँमा तापक्रम घटेको पनि उनले बताइन् ।
पुस महिना लागेपछि नै देशभर तापक्रम घट्दो क्रममा रहेकामा आज थप घटेको हो । पुसको पहिलो हप्ताभन्दा दोस्रो र तेस्रो हप्तामा तापक्रम क्रमशः घटेको छ । यही पुस ८ गते काठमाडौँको तापक्रम ४.९ रेकर्ड गरिएको थियो । पुस १५ मा काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्रीमा झरेको थियो । पुस १७ गते तापक्रम घटेर ४.६ मा आएकामा १९ गते ४.५ डिग्रीमा झरेको हो ।
विभागमा आज अभिलेख गरिएको तापक्रमको विवरण अनुसार देशभरमा सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम माइनस ६.३ डिग्री रहेको छ । पुस १९ मा जुम्लामा माइनस ४.९ डिग्री रहेको थियो ।
दुई दिनको अभिलेख तुलना गर्दा डडेलधुरामा २.७ बाट २.१ डग्रीमा झरेको छ । दिपायलमा ६ बाट आज ४.४ मा झरेको छ । वीरेन्द्रनगरमा ५ बाट ३.८ मा, घोराहीमा ८ बाट ५.७ मा पोखरामा ८.५ बाट ७.९ मा, ओखल्ढुङ्गानमा ४.९ बाट ४.३ मा झरेको छ । भने ताप्लेजुङमा, सिमरा र धनकुटामा थोरैमात्रै बढेको छ । देशमा अधिकतम तापक्रम भने २२ डिग्रीभन्दा तल नै रहेको छ ।

















रास्वपा कर्णालीका संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक सभापति कांग्रेस प्रवेश
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
इरानको चेतावनी: केही बेरमै इतिहासकै खतरनाक आक्रमण सुरु हुनेछ
हिमपातले यातायात सेवा अवरुद्ध भएपछि चार मतदान केन्द्र हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
सुनचाँदीको मूल्य बढ्यो
पाकिस्तानको खैबर पख्तुनख्वामा आक्रमण : दुई दिनमा कम्तीमा २० जनाको मृत्यु
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
प्रतिक्रिया