जसपा नेपालद्वारा रुपन्देहीमा उम्मेदवार सिफारिस
मेरोन्यूज
२०८२ पुष २२ गते ८:४९

देवदह (रुपन्देही) । जनता समाजवादी पार्टी (जसपा) नेपालले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार सिफारिस गरिएको जसपा नेपालका अध्यक्ष सियाराम यादवले बताए ।
उनका अनुसार क्षेत्र नं १ बाट मोहम्मद असलम खान, चन्द्रभान तिवारी, कान्छा कोहार र क्षेत्र नं २ बाट दीपक गुरुङको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी, क्षेत्र नं ३ बाट कैलाश गुरुङ, निलम यादव, सियाराम यादव, ४ बाट रामअवतार यादव तथा क्षेत्र नं ५ बाट मोहम्मद वाहीद फकिर, निधिलाल केवट, गोविन्द कोहार र राजकुमार लोधको नाम सिफारिस गरिएको जसपा नेपाल जिल्ला समितिले जनाएको छ ।
सम्बन्धित













राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरुको सूची सार्वजनिक
आचारसंहितामा नयाँ बुँदा थपियो
देउवा र लिङ्देनबीच भेट, के भयाे कुराकानी ?
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
बालेन बने रास्वपाको वरिष्ठ नेता, २६ जना केन्द्रीय सदस्यमा मनोनीत
आज २०८२ साल पुस २१ गते सोमबारको राशिफल
केपी ओलीको स्थानहद फुकुवा
प्रतिक्रिया