बुधबार, पुष २३, २०८२

 सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? 

मेरोन्यूज २०८२ पुष २२ गते १०:५५

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा तीन हजार एक सय रुपैयाँले बढेर २ लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १९५ रुपैयाँले बढेर आज ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी ४ हजार ६८५ रुपैयाँमा कायम भएको थियो । 

प्रतिक्रिया