नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘विकास नायक २०८२’ सम्मान प्राप्त गरेको छ । विकास मिडियाद्वारा आयोजित विकास बहस तथा विकास नायक सम्मान समारोहमा बैंकलाई संस्थागत नायकको रूपमा यो सम्मान प्रदान गरिएको हो ।
आइतबार आयोजना गरिएको उक्त कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको उपस्थितीमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज ज्ञवालीलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरेका थिए ।
बैंक तथा बीमा क्षेत्रसहित वित्तीय क्षेत्रमार्फत नेपालको आर्थिक विकासमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।
सम्मानप्रति प्रतिक्रिया दिँदै नबिल बैंकका सीइओ ज्ञवालीले भने, ‘विकास नायक २०८२ सम्मान प्राप्त गर्नु बैंकका लागि गर्वको विषय हो । यो सम्मान नबिल बैंकको चार दशक लामो राष्ट्रनिर्माण यात्राको कदर पनि हो ।’ उनले थपे, ‘वित्तीय समावेशीकरण, डिजिटल नवप्रवर्तन, रोजगारी सृजना, राजस्वमा दिइएको टेवा, ऊर्जा तथा पूर्वाधार विकासमार्फत दिगो आर्थिक वृद्धि हासिल गर्ने हाम्रो प्रतिबद्धतालाई यसले थप सुदृढ बनाएको छ ।’
सम्बृद्घ नेपाल, सुखी नेपालीको परिकल्पनालाई यस्तो सम्मानले आधार दिएको बताउँदै उनले यस्तो सम्मानले देश विकासमा अझ टेवा पुर्याउन उर्जा प्रदान गरेको बताए ।
















ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
यी हुन् मन्त्रिपरिषद्का निर्णय
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
प्रतिक्रिया