बिहीबार, पुष २४, २०८२

यस्ताे छ आज सुन चाँदीकाे मूल्य

मेरोन्यूज २०८२ पुष २३ गते ११:२९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेर २ लाख ६७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार सुन प्रतितोला २ लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर आज ४ हजार ९३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी ४ हजार ८८० रुपैयाँमा कायम भएको थियो । 

प्रतिक्रिया