शुक्रबार, पुष २५, २०८२

विष पिएर पनि पार्टी एकता जाेगाउँछु, फुट्न दिन्नँ : गगन थापा

मेरोन्यूज २०८२ पुष २३ गते १७:४०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले विष पिएर भए पनि पार्टी एकता जाेगाउने बताएका छन् । कांग्रेस नेता डा. चन्द्र भण्डारी र डा. सुनील शर्मासँगको संवादको क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले भने, ‘हाम्रो अभियानबाट पार्टी बलियो हुन्छ। कोही मानिसले पार्टी फुट्छ कि फुटाउँछन् कि भनेर भन्छन्। तपाईंहरूलाई साक्षी राखेर देशभरका कार्यकर्तालाई आश्वस्त बनाउँछु कि, पार्टी फुट्दैन। कसैले चाहेर पनि फुट्दैन। साँच्चै असजिलो अवस्था आयो भने त म आफू विष पिउँछु नि, एकतालाई जोगाउँछु।’

प्रतिक्रिया