१ लाख ४९ हजार निर्वाचन प्रहरीको भर्ना बिहीबार खुल्दै, शुक्रबारदेखि आवेदन दिन सकिने

फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको भर्ना बिहीबार खुल्ने भएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्ने तयारी गरेको हो।
निर्वाचन प्रहरीमा भर्ना हुनका लागि शुक्रबारदेखि आवेदन दिन सकिने छ। निर्वाचन प्रहरीका लागि शुक्रबारदेखि ५ दिनसम्म आवेदन दिन सकिनेछ। त्यसपछि छनोट प्रक्रिया सुरु हुनेछ। आवेदन हरेक जिल्ला प्रहरी कार्यालयबाट दिन सकिनेछ। नेपाल प्रहरीले एक लाख ३३ हजार ९ सय ८० जना र सशस्त्र प्रहरीले १५ हजार १ सय १० जना निर्वाचन प्रहरी भर्ना गर्नेछन्। तर छनोट प्रक्रिया भने संयुक्त रुपमै गरिनेछ। छनोट भइसकेपछि मात्रै सशस्त्र प्रहरी र नेपाल प्रहरीले आ–आफ्नो कोटा अनुसारको संख्यामा लगेर तालिम दिन सुरु गर्नेछन्।
निर्वाचन प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनु पर्नेछ। पूर्वसुरक्षाकर्मी, यसअघिका निर्वाचनमा म्यादी प्रहरीमा नियुक्त भएर खटिएका, छिमेकी देशका सुरक्षा निकायमा काम गरेर अवकाश भएका तथा सुरक्षा निकायमा शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले पनि प्रवेश पत्र पेस गरे निर्वाचन प्रहरीमा भर्ना हुन प्राथमिकता पाउनेछन्।
फौजदारी कसुरमा सजाय पाई नैतिक पतन नभएको हुनुपर्ने मापदण्ड छ। छनोट भएकाहरुलाई १० दिन तालिम दिइनेछ। तालिम सकिएपछि एक महिना निर्वाचनमा खटाउने सरकारको तयारी छ। उनीहरुले ४० दिनको तलब पाउनेछन्। तलब प्रहरी जवानको सरह नै हुनेछ।
यस्तै निर्वाचन प्रहरीको पोसाक, चार दिनको खाजा भत्ता, तयारी भत्ता र रासन नेपाल प्रहरी सरह नै पाउनेछन्। प्रहरीकै जस्तो जिल्ला अनुसार रासन भने फरक पर्नेछ। निर्वाचनमा ८० हजार नेपाली सेना पनि खटिने छ।निर्वाचनमा ३० हजार बढी सशस्त्र प्रहरी र ७० हजार नेपाल प्रहरी पनि परिचालन हुनेछन्।
















441 polling stations in Karnali Province are highly sensitive
इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा
मुग्लिन-मलेखु सडकको म्याद ६ महिना थपियो
HoR elections: Inundation in monsoon, water shortage during winter main concern of Mahottari-2 voters
बलोचिस्तानमा पाकिस्तान सेनाको अपरेशन जारी,९२ आतङ्कवादी मारिए
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया