१ लाख ४९ हजार निर्वाचन प्रहरीको भर्ना बिहीबार खुल्दै, शुक्रबारदेखि आवेदन दिन सकिने

फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको भर्ना बिहीबार खुल्ने भएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्ने तयारी गरेको हो।
निर्वाचन प्रहरीमा भर्ना हुनका लागि शुक्रबारदेखि आवेदन दिन सकिने छ। निर्वाचन प्रहरीका लागि शुक्रबारदेखि ५ दिनसम्म आवेदन दिन सकिनेछ। त्यसपछि छनोट प्रक्रिया सुरु हुनेछ। आवेदन हरेक जिल्ला प्रहरी कार्यालयबाट दिन सकिनेछ। नेपाल प्रहरीले एक लाख ३३ हजार ९ सय ८० जना र सशस्त्र प्रहरीले १५ हजार १ सय १० जना निर्वाचन प्रहरी भर्ना गर्नेछन्। तर छनोट प्रक्रिया भने संयुक्त रुपमै गरिनेछ। छनोट भइसकेपछि मात्रै सशस्त्र प्रहरी र नेपाल प्रहरीले आ–आफ्नो कोटा अनुसारको संख्यामा लगेर तालिम दिन सुरु गर्नेछन्।
निर्वाचन प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनु पर्नेछ। पूर्वसुरक्षाकर्मी, यसअघिका निर्वाचनमा म्यादी प्रहरीमा नियुक्त भएर खटिएका, छिमेकी देशका सुरक्षा निकायमा काम गरेर अवकाश भएका तथा सुरक्षा निकायमा शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले पनि प्रवेश पत्र पेस गरे निर्वाचन प्रहरीमा भर्ना हुन प्राथमिकता पाउनेछन्।
फौजदारी कसुरमा सजाय पाई नैतिक पतन नभएको हुनुपर्ने मापदण्ड छ। छनोट भएकाहरुलाई १० दिन तालिम दिइनेछ। तालिम सकिएपछि एक महिना निर्वाचनमा खटाउने सरकारको तयारी छ। उनीहरुले ४० दिनको तलब पाउनेछन्। तलब प्रहरी जवानको सरह नै हुनेछ।
यस्तै निर्वाचन प्रहरीको पोसाक, चार दिनको खाजा भत्ता, तयारी भत्ता र रासन नेपाल प्रहरी सरह नै पाउनेछन्। प्रहरीकै जस्तो जिल्ला अनुसार रासन भने फरक पर्नेछ। निर्वाचनमा ८० हजार नेपाली सेना पनि खटिने छ।निर्वाचनमा ३० हजार बढी सशस्त्र प्रहरी र ७० हजार नेपाल प्रहरी पनि परिचालन हुनेछन्।
















बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले अमेरिकालाई दियो ८७ रनको लक्ष्य
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
प्रतिक्रिया