शुक्रबार, पुष २५, २०८२

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

मेरोन्यूज २०८२ पुष २४ गते १३:१२

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बाेलाएको छ।

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज अपराह्न ४ बजे केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्नेगरी बैठक बोलाएका हुन्। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

पार्टीभित्रको महाधिवेशन विवाद, वर्तमान राजनीतिक अवस्था तथा समसामयिक विषयहरूमा बैठकमा छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया