एनआईसी एशिया बैंकको लकर सेवामा ३० प्रतिशत छुट
मेरोन्यूज
२०८२ पुष २५ गते १९:२५

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा उपलब्ध गराएको विशेष छुट सुविधा बढाएर ३० प्रतिशत पुर्याएको छ ।
माघ ६गतेसम्मका लागि मात्र ल्याइएको नयाँ योजनाअनुसार ग्राहकले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्नेछ ।
ग्राहकले यस बैंकको लकर सुविधा लिई आफ्नो बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्न सक्नेछ ।
बैंकले मुलुकभरका विभिन्न शाखाहरुमा ग्राहकको आवश्यकता अनुसारका विभिन्न आकारमा लकर सेवाहरु उपलब्ध गराएको छ । बैंकले ल्याएको यस छुट सुविधाबाट ग्राहकलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल, सहुलियत प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।
सम्बन्धित












यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
देशभर पश्चिमी वायूको आंशिक प्रभाव : आज तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
प्रतिक्रिया