एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ । बैठक बिहान ११ बजे ललितपुरस्थित मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बस्नलागेकाे हाे ।
पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनले केपी ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेपछि पुस ४ गते पहिलो बैठक बसेको थियो । सोही बैठकले आजदेखि पुस २८ गतेसम्मका लागि दोस्रो बैठक बस्ने निर्णय गरेको थियो ।केन्द्रीय कमिटी बैठकमा आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन तयारीका विषयमा छलफल हुने अधिकारीले जानकारी दिए ।
यस्तै, बैठकमा केन्द्रीय सल्लाहकार परिषद् गठनका विषयमा पनि छलफल हुनेछ । पार्टीमा यसअघि चुनाव हारेका, पाका र कार्यकारी भूमिकाबाट अलग भएकाहरूसमेत समेटेर सल्लाहकार परिषद गठन गर्ने एमालेको तयारी छ ।एमालेले यसअघि नै पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा घोषणापत्र मस्यौदा समिति र उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाइसकेको छ ।
















संसद् राेकेर सरकारले ल्यायो दुई वटा अध्यादेश
पहुँचका भरमा सवारी सुुविधा लिइरहेकाबाट फिर्ता गराइँदै
सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया