भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप

झापा।भद्रपुर क्रिक्रेट क्लबको आयोजनामा मेची रङ्गशालाको नवनिर्मित मैदानमा आगामी माघ २१ देखि २८ गतेसम्म ‘कोशी पाथिभरा इन्डो नेपाल टी–२० च्याम्पियनसिप कप क्रिक्रेट प्रतियोगिता’ हुने भएको छ । नेपालका चार र भारतका चार टोलीको सहभागिता रहने उक्त प्रतियोगिताका बिजेताले रु पाँच लाख र उपबिजेताले रु तीन लाख नगद पुरस्कार पाउने आयोजक समितिका संयोजक मनोज सुब्बाले बताए ।
प्रतियोगितामा भाग लिन भारतबाट राइनोल्यान्ड क्रिकेट एकेडेमी गुवाहाटी, ग्लोबल स्टार क्रिकेट क्लब लखनउ, क्रिकेट कोचिङ एकेडेमी न्यु दिल्ली र स्नो लायन टिम सिक्किम रहेको उहाँले जानकारी दिए । यसैगरी नेपाली टोलीहरू भद्रपुर क्रिकेट क्लब, विराटनगर किङ्ग्स डेभलपमेन्ट स्क्वाड, पोखरा एभेन्जर्स गण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड र काठमाडौँ गोर्खाज डेभलपमेन्ट स्क्वाड रहेका छन् ।
भारतबाट सहभागी टोलीमा रञ्जित ट्रफी खेलिरहेका खेलाडीहरू र नेपाली क्लबबाट एनपीएल खेलिसकेका खेलाडीहरू मैदानमा उत्रिने उहाँको भनाइ छ । भद्रपुर नगरपालिका–८ स्थित मेची बहुमुखी क्याम्पसको खेल मैदान लिजमा लिएर भद्रपुर क्रिक्रेट क्लवले तीन वर्षको अवधिमा शानदार क्रिक्रेट मैदान निर्माण गरिसकेको छ । प्रतियोगिता त्यही मैदानमा हुने भएको छ । खेलबाट मुलुकको पर्यटन क्षेत्रमा योगदान पुग्ने भएकाले आयोजकले कोशी र पाथिभरासमेत जोडेर प्रतियोगिताको नामकरण गरेका छन् ।
झापा क्रिक्रेट सङ्घका अध्यक्ष प्रवीण थापाले क्रिक्रेटका माध्यमबाट नेपालको पहिचान र प्रतिष्ठा विश्व मञ्चहरूमा उच्च भइरहेको धारणा व्यक्त गर्दै भद्रपुरमा आयोजना हुन लागेको क्रिक्रेट प्रतियोगिताले खेलाडी उत्पादनमा ठूलो योगदान पुर्याउने बताउनुभयो । प्रतियोगितामा रु एक करोड २२ लाख खर्च हुने र क्रिक्रेट मैदानको दर्शक क्षमता १० हजार रहेको संयोजक सुब्बाले जानकारी दिएका छन् ।














राष्ट्रिय सभाको १९औँ अधिवेशन : बोहराको निधनमा प्रस्ताव पारित
राष्ट्रिय सभा सदस्यबाट नारायणकाजी, वामदेव र भगवतीले दिए राजीनामा
ग्रिनल्यान्ड मुद्दामा ट्रम्पको कदम : ८ युरोपेली देशमा अमेरिकी भन्सार लागू हुने संकेत
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया