आइतबार, पुष २७, २०८२

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएनन् गगन-विश्व

मेरोन्यूज २०८२ पुष २६ गते ११:१२

 महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बहिस्कार गरेका छन् ।

आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा दुवै महामन्त्री सहभागी नभएको नेताहरुले बताएका छन् ।

बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यहरुका साथै सातवटै प्रदेवका सभापतिहरुलाई बोलाइएको भए पनि थापा र शर्मा सहभागी भएनन् ।

प्रतिक्रिया