शुक्रबार, फागुन ८, २०८२

भेनेजुएलाद्वारा कूटनीतिक सम्बन्ध पुनः स्थापनाका लागि अमेरिकासँग वार्ता गर्ने घोषणा

मेरोन्यूज २०८२ पुष २६ गते १३:१८

भेनेजुएलाले आज अमेरिकासँग कूटनीतिक सम्बन्ध पुनः स्थापनाका लागि वार्ता सुरु गर्ने जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

भेनेजुएलामा अमेरिकी आक्रमणपछि वामपन्थी नेता निकोलस मदुरोलाई पक्राउ गरी अमेरिकी कानुन प्रवर्तकहरूले उनीविरूद्ध लगाएका मुद्दामाथि सुनुवाई भइरहेका समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अमेरिकी देशको प्रभारी भएको दाबीपछि यो सहकार्यको पछिल्लो सङ्केत हो ।

अधिकारीहरूका अनुसार अमेरिकी कूटनीतिज्ञहरू देशको दूतावास पुनः खोल्ने बारेमा छलफल गर्न काराकासमा पुगेका छन् भने वाशिङ्गटनमा राष्ट्रपति ट्रम्पले भेनेजुएलाको विशाल कच्चा भण्डारमा पहुँच प्राप्त गर्ने योजनालाई लिएर तेल कम्पनीहरूसँग भेट गरेका छन्।

अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजको सरकारले संयुक्त राज्य अमेरिकाको सरकारसँग एक अन्वेषणात्मक कूटनीतिक प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ, जसको उद्देश्य दुवै देशमा कूटनीतिक नियोग पुनः स्थापना गर्नु हो,” विदेश मन्त्री यभान गिलले एक विज्ञप्तिमा भनेका छन्।

“छिमेकी मुलुक कोलम्वियाका लागि शीर्ष अमेरिकी कूटनीतिज्ञ जोन म्याकनामारा र अन्य कर्मचारीहरू ‘सम्भावित चरणबद्ध वार्ता सञ्चालनका लागि प्रारम्भिक मूल्याङ्कन गर्न काराकास गएका थिए,” नाम उल्लेख नगर्ने सर्तमा एक अमेरिकी अधिकारीले बताए ।

भेनेजुएलाले पनि वासिङ्टनमा एक प्रतिनिधिमण्डल पठाएर त्यसको जवाफ दिने बताएको छ ।

रोड्रिगेजले एक वक्तव्यमा संयुक्त राज्य अमेरिकाको ‘गम्भीर, आपराधिक, अवैध र गैरकानुनी हमला’ को निन्दा गरे, साथै, उनले बाचा गरे, “भेनेजुएलाले कूटनीतिक मार्गबाट यस आक्रमणबारे समीक्षा जारी राख्नेछ।”

(ट्रम्पको प्रतिबद्धता)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा कैदीहरुको रिहाइका कारण दोस्रो चरणको आक्रमण फिर्ता लिएको बताएका छन् ।

शुक्रबार ह्वाइट हाउसको बैठकमा राष्ट्रपति ट्रम्पले शीर्ष तेल कार्यकारीहरूलाई भेनेजुएलाको भण्डारमा लगानी गर्न दबाब दिएका छन् तर एक्सोनमोबिलका प्रमुख कार्यकारी ड्यारेन वुड्सले व्यापक सुधार नगरी भेनेजुएलामा ‘लगानी गर्न’ उचित नहुने बताएका छन्।

प्रतिक्रियामा राष्ट्रपति ट्रम्पले मदुरोको कार्यकालमा विदेशी कम्पनीहरूले कुनै अर्थपूर्ण सुरक्षा पाएको नदेखिएको तर अहिले पूर्ण सुरक्षा भएको बताए । उनले भने, “अहिले यो पूर्ण रूपमा फरक भेनेजुएला हो।”

वुड्सले भेनेजुएलाको तेल स्रोतको लागि काम गर्दा कम्पनीहरूले काराकाससँग नभई वासिङ्टनसँग मात्र सम्झौता गर्ने कुरामा जोड दिए ।

ट्रम्पले भेनेजुएलामा तेल कम्पनीहरूले १०० अर्ब डलर लगानी गर्ने वाचा गरेको बताएका थिए, भेनेजुयलाको तेल पूर्वाधार वर्षौंको अव्यवस्था र प्रतिबन्धका कारण अस्तव्यस्त अवस्थामा छ।
उहाँले यसअघि अमेरिकाले भेनेजुएलाको तीन करोडदेखि पाँच करोड ब्यारेल कच्चा तेल बेच्ने योजना घोषणा गरेका थिए ।

उनले काराकासमा पठाइएको कुनै पनि रकम अमेरिकामा निर्मित उत्पादनहरू मात्र खरिद गर्न प्रयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।

यसैबीच, वासिङ्टनले क्यारिबियन राष्ट्रमा तेल ट्याङ्करमाथि सामुद्रिक दबाब कायम राखेको छ, उसले भेनेजुएलाको कच्चा तेल बोकेको पाँचौँ ट्याङ्कर नियन्त्रणमा लिएको छ ।

राज्यको स्वामित्वमा रहेको तेल कम्पनी पिडिभीएसएले एक विज्ञप्तिमा एउटा जहाज भेनेजुएलाको जलक्षेत्रमा फर्किरहेको पुष्टि गरेको छ र यसलाई वाशिङ्गटनसँगको ‘पहिलो सफल संयुक्त अपरेसन’ को रूपमा वर्णन गरेको छ।

–कैदीहरूको रिहाई –

भेनेजुयलाको प्रशासनले राजनीतिक बन्दीहरूलाई रिहा गर्न थालेपछि चिन्तित आफन्तहरू आफ्ना प्रियजनहरूलाई भेट्न भेनेजुएलाको जेलबाहिर पर्खिरहेका थिए ।

मदुरोको आलोचना गरेको आरोपमा जेल परेका आफ्ना पति नोएल फ्लोरेसको रिहाइको पर्खाइमा बसेकी ५० वर्षीया डिल्सिया कारोले भने, “जब मैले कैदी रिहा हुने कुरा सुनेँ, मैले हर्षका आँशु बगाएँ।ू

भेनेजुएलाले जनवरी ३ मा घातक कारबाहीमा मदुरोलाई हटाएर हिरासतमा लिएपछि पहिलो पटक बिहीबार कैदीहरूलाई रिहा गर्न सुरु गरेको थियो।

ट्रम्पले फक्स न्यूजसँग आफूले अर्को हप्ता भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोसँग भेट गर्ने बताए ।

भेनेजुएलाका निर्वासित विपक्षी नेता एडमन्डो गोन्जालेज उरुटियाले देशमा कुनै पनि लोकतान्त्रिक सङ्क्रमणले सन् २०२४ को राष्ट्रपति चुनावमा आफ्नो विजयको दाबीलाई मान्यता दिनुपर्ने बताएका थिए ।

मदुरोलाई मतदानको विजेता घोषित गरिएको थियो, तर उनको पुनः निर्वाचनलाई विपक्षी समूहले धाँधलीमार्फत् सत्तामा पुरागमन गरेको भनी अमेरिका लगायतका मदुरोका आलोचकहरूले व्यापक आलोचना गरेका थिए ।

गोन्जालेजले शुक्रबार एक वर्ष पहिले काराकासमा हिरासतमा राखिएका आफ्ना ज्वाइँको रिहाइको आशा गरिरहेका थिए।

–काराकासमा विरोध प्रदर्शन –

काराकासका अनुसार मदुरोलाई अमेरिकी विशेष बलको कारबाहीमा पक्राउ गरिएको थियो जसमा १०० जनाको मृत्यु भएको थियो ।

अमेरिकी सेनाले मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई लागूऔषध ओसारपसार र अन्य आरोपको सामना गर्न न्यूयोर्क लगेको थियो।

रोड्रिगेजले ट्रम्पसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे पनि बिहीबार आफ्नो देश ‘अधीनस्थ वा प्रतिस्थापित’ नभएको बताए थियो ।

मदुरोको रिहाइको माग गर्दै आक्रोशित प्रदर्शनकारीले शुक्रबार काराकासका सडकमा प्रदर्शन गरेका थिए ।

“ट्रम्पले हामीमाथि जे गरेका छन् यसबाट पनि जान्नुपर्छ कि हामीले अमेरिकालाई तेलको एक थोपा पनि दिदैनन्,” एक प्रदर्शनकारी ७० वर्षीया जोसेफिना क्यास्ट्रोले भने ।

उनले भने, “हाम्रा भेनेजुएलाका भाइहरू आक्रमणमा मरे, हाम्रा राष्ट्रपतिलाई कब्जा गरी अमेरिकामा लगिएको र अनाहकमा विभिन्न मुद्दा लगाइएको छ । यसबाट देशलाई चोट पुगेको छ ।हामीले झुक्नुहुँदैन ।”

प्रतिक्रिया