राष्ट्रपतिले आह्वान गरे राष्ट्रियसभा बैठक
मेरोन्यूज
२०८२ पुष २८ गते १७:५०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभा बैठक आह्वान गरेका छन् ।
यही माघ ४ गते आइतबारका लागि राष्ट्रपतिले बैठक आह्वान गरेकाे राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गरेर जनाएकाे हाे ।
“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०९/२८ को सिफारिसमा संवत् २०८२ साल माघ ४ गते आइतबारका दिन ११:०० बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ,” राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आज बसेकाे मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया