बैतडी जिप दुर्घटना अपडेट: मृतकको संख्या ४ पुग्यो
मेरोन्यूज
२०८२ पुष २९ गते ८:०६

काठमाडौँ । बैतडीमा जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
सोमबार करिब १० बजे पाटन नगरपालिका-८ विजयपुर नजिकै झैलेक भिरमा सुर्नया गाउँपालिका-६ को मोतिनगरबाट डडेल्धुरातर्फ आउँदै गरेको म १ ज २२४ नम्बरको जिप दुर्घटनामा परेको हो ।
बोलेरो जिप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको थियो । दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो। थप एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
मृत्यु हुनेमा सिगास गाउँपालिका-१ का २४ वर्षीय निसान्त बोहरा, २८ वर्षीय भानदेव भट्ट, २७ वर्षीय वसन्ती ऐर र डडेलधुराको आलीताल गाउँपालिका-३ का १३ वर्षीय बालक राकेश रावल रहेका छन्।
सम्बन्धित
















बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया