बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध

बङ्गलादेशले आम चुनाव तथा जनमत सङ्ग्रह अघि जनवरी– १५ देखि फेब्रुअरी – १५ सम्म आगमन भिसा (भिओए) निलम्बन गरेको जनाइएको छ । भुटान र नेपाल जस्ता छिमेकी देशका नागरिकहरूले बङ्गलादेशबाट आगमन भिसा सुविधा प्राप्त गर्थे । हाललाई त्यो व्यवस्था निलम्बन गर्ने निर्णय सम्बन्धित देशका सरकारहरूलाई आधिकारिक रूपमा सूचित गरी लागु गर्ने तयारी गरिएको जनाइएको छ ।
बङ्गलादेश सरकारका एक वरिष्ठ अधिकारीले जनवरी – १५ देखि फेब्रुअरी – १५ सम्म बङ्गलादेशले एक महिनाका लागि आगमन भिसा निलम्बन गर्ने उल्लेख गर्दै यो नियम बङ्गलादेशबाट आगमनमा भिसा सुविधा प्राप्त गर्ने सबै देशहरूमा लागू हुने बताएका छन् ।
उनले आगामी राष्ट्रिय संसदीय चुनावलाई ध्यानमा राखि यस्तो निर्णय लिएको जनाउनु भएको छ । निर्वाचन अभियान जनवरी – २२ देखि सुरु हुने र यो समयमा पार्टीहरुले देशभरि र्याली गर्ने भएकाले सरकारले सीमा क्षेत्रमा सुरक्षा बढाउन र निर्वाचन अवधिमा सम्भावित हिंसा रोक्न यो कदम चालेको जनाइएको छ ।
विगतका चुनावको समयमा यस प्रकारको कदम चालिएको बताइएको छ । निर्वाचन समाप्त नभए सम्म यी भिसा सेवाहरू पुन सुरु हुने सम्भावना नभएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय संसदीय चुनाव र केही सुधारहरूमाथि सार्वजनिक जनमतसंग्रह आगामी फेब्रुअरी – १२ मा बङ्गलादेशमा हुने कार्यक्रम तय भएको छ ।
आम चुनाव र जनमत सङग्रहको नेतृत्वमा, बङ्गलादेशले आफ्नो आन्तरिक सुरक्षा उपायहरू तीव्र बनाएको छ । देश भर सेना तैनाथ गरिएको छ भने सेना बाहेक अन्य सुरक्षा बललाई पनि आफ्नो कर्तव्य निर्वाह गर्न अत्यन्त सतर्क रहन निर्देशन दिइएको छ।














आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
उत्तरायणको पहिलो दिनः आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया