राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित

काठमाडौँ । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मोफसलको लालीगुराँस एशोसिएसन क्लबले जावलाखेल युथ क्लबलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा पोखराको लालीगुराँस क्लबले ‘ए’ डिभिजन लिग क्लब जावलाखेल युथलाई १–० ले गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।
लालीगुराँसका लागि राज भुसालले निर्णायक गोल गरे । उनले खेल सुरुआती दोस्रो मिनेटमा गोल गर्दै आफनो टोलीको जित सुनिश्चित गरे । यस जितसँगै लालीगुराँसले शीर्ष तीन अङक बटुलेको छ । त्यसैगरी सोही मैदानमा आजै भएको अर्को खेलमा सातदोबाटोे युथ क्लब र संकटा एफसीसँगबीचको खेल गोलरहित बराबरी सकिएको छ ।
अखिल नेपाल फुटबल सङघ (एन्फा)को आयोजनामा हिजो बुधबारदेखि सुरुआत भएको उक्त प्रतियोगितामा विभिन्न १७ टोलीको सहभागिता रहेको छ ।
















चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प
अनरको ‘म्याजिक एट सिरिज’ सार्वजनिक, कति पर्छ मूल्य ?
जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया