माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो

तुलसीपुर (दाङ)। थारू समुदायले माघीमा उमेर पुगेका सन्तानको विवाहको छिनोफानो गर्ने चलन थियो । माघ १ गते विवाह गर्ने उमेरका सन्तानको घरमा छलफल गर्ने र निर्णय गर्ने त्यसपछि माघ २ गते गाउँका महतवाको घरमा बसेर छलफल गरेर निर्णय गर्ने चलन थियो ।
विवाह गर्ने उमेरका सन्तानका लागि केटा वा केटी खोज्न कहाँ जाने, कोसँग जाने भन्ने कुराको निक्र्यौल त्यही २ गतेको भेलाले गर्ने गथ्र्यो । त्यसपछि माघ महिनाभर केटाका लागि केटी र केटीका लागि केटा तयार गरेर बिहेको समय टुङ्गो लगाएर विवाह गरिदिने चलन थियो । तर, अहिले त्यो चलन लोप हुन लागेको थारू अगुवा खुसीराम चौधरीले बताए ।
“पहिले माघीमा उमेर पुगेका सन्तानको विवाह गरिदिने चलन थियो, तर अहिले त्यो चलन हरायो”, उनले भने । यसरी मागी विवाह गर्ने चलन रहे पनि अहिले आफैँ भागेर पनि विवाह गर्ने तथा आफूले रोजेको केटासँग आफैँ बिहे गरेर जाने भएकाले त्यो चलन हराउँदै गएको चौधरीको भनाइ छ ।
यसरी आफैँ विवाह गर्ने चलन बढेपछि गाउँको बैठकमा विवाहको कुराले खासै प्रवेश नपाउने गरेको उनले बताए। थारू समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । महिनाभरि नै थारू समुदायले माघी मनाउँछन् ।














राष्ट्रिय सभा सदस्यबाट नारायणकाजी, वामदेव र भगवतीले दिए राजीनामा
ग्रिनल्यान्ड मुद्दामा ट्रम्पको कदम : ८ युरोपेली देशमा अमेरिकी भन्सार लागू हुने संकेत
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
‘Rhino Cruise’ coming into operation from Gaindakot
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया