बुधबार, फागुन २०, २०८२

कञ्चनपुरमा महिला मतदाता बढी

मेरोन्यूज २०८२ माघ ४ गते १३:२३

कञ्चनपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको सङ्ख्या कञ्चनपुरमा तीन लाख १४ हजार ३८५ रहेको छ। तीमध्ये महिला मतदातको सङ्ख्या एक लाख ६० हजार ३१६ छ।

Advertisement
nepal life insurencenepal life insurence

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले महिला मतदाता एक लाख ६० हजार ३१६ छ भने पुरुष मतदाताको सङख्या एक लाख ५४ हजार ६८ रहेको बताए। उनका अनुसार महिला मतदाताको सङख्या पुरुषको भन्दा छ हजार २४८ बढी हो।

जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन निर्वाचन क्षेत्र निर्धारण गरिएको जनाउँदै क्षेत्र नं २ मा सबैभन्दा बढी एक लाख नौ हजार ५७४ मतदाता रहेका उल्लेख गरे। सबैभन्दा कम निर्वाचन क्षेत्र नं १ मा एक लाख एक हजार ७२४ मतदाता छन्।

मतदाताको सङख्यालाई मध्यनजर गरी मतदान केन्द्र निर्धारण गरिएको सूचना अधिकारी महराले बताए। अघिल्लो निर्वाचनमा तीन सय ४६ मतदान केन्द्र रहेकामा यस पटक केन्द्रको सङ्ख्या बढाएर तीन सय ६० पुर्‍याइएको उनले बताए।

कृष्णपुर नगरपालिकाका दुई मतदानस्थलको स्थान परिवर्तन गरिएको छ। मतदानस्थल भने साविककै एक सय ३२ कायम गरिएको छ। निर्वाचन क्षेत्र नं ३ मा दुई अस्थायी मतदान केन्द्र राख्नेबारे छलफल भइरहेको निर्वाचन कार्यालयका सूचना अधिकारी महराले बताए।

तीनै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको जानकारी दिँदै उनले कर्मचारी खटाउने, सुरक्षाकर्मी खटाउने र आवश्यक सामग्रीको व्यवस्थापन गरिएको बताए।

प्रतिक्रिया