सोमबार, वैशाख १४, २०८३

भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई

मेरोन्यूज २०८२ माघ ५ गते १४:४७

गोरखा। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले व्यक्तिगत महत्वाकाङ्क्षाभन्दा पनि राष्ट्रिय स्वाधीनता र भू–राजनीतिक सन्तुलनको आवश्यकताले आफूले गोरखा क्षेत्र नं २ बाट उम्मेदवारी दिन लागेको बताएका छन् ।

Advertisement
NiccNicc

गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री डा भट्टराईले यसअघि चुनाव नलड्ने घोषणा गरेको भए पनि पछिलो राजनीति परिस्थिति र गोरखाका जनताको अनुरोधलाई स्वीकार गरेर आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिन लागेको बताए ।

“प्रतिनिधिसभा राज्यको जनप्रतिनिधिको सर्वोच्च थलो भएकाले त्यहाँ रहेर नै राष्ट्रिय स्वाधीनता, सर्वभौमसत्ता र सुरक्षा नीतिसम्बन्धी महत्वपूर्ण निर्णय गर्नुपर्छ,” उनले भने, “भू–राजनैतिक सन्तुलन मिलाएर देशलाई स्वाधीनताको मजबुत दिशातर्फ लैजान प्रतिनिधिसभामा सक्रिय भूमिका खेल्नुपर्छ भन्ने लागेर उम्मेदवारी दिन लागेको हुँ ।”

संसद् बाहिरबाट भन्दा संसद्भित्र बसेर राष्ट्रहितका एजेन्डा प्रभावकारी रूपमा अघि बढाउन सकिने डा भट्टराईको भनाइ थियो । लामो छलफलपछि उनले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट गोरखा–२ मा उम्मेदवारी दिने निर्णय गरेका हुन् ।

प्रतिक्रिया