एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
मेरोन्यूज
२०८२ माघ ५ गते २०:०८

काठमाडौँ, ५ माघः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले पार्टी केन्द्रले क्षेत्र नं ५ मा पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए ।
पोखरेल विगतको प्रतिनिधिसभा र संविधानसभा निर्वाचनमा उक्त क्षेत्रबाट उम्मेदवार हुँदै आउनुभएको छ । अध्यक्ष निरौलाका अनुसार काठमाडौँ क्षेत्र नं ४ बाहेक सबै उम्मेदवारको नाम टुङ्गो लागिसकेको छ ।
काठमाडौँ क्षेत्र नं १ मा मोहन रेग्मी, क्षेत्र नं २ मा मणिराम फुयाल, क्षेत्र नं ३ मा रामेश्वर फुयाल, क्षेत्र नंं ६ मा अमनमान मास्के, क्षेत्र नं ७ मा प्रकाश श्रेष्ठ, क्षेत्र नं ८ मा राजु शाक्य, क्षेत्र नं ९ मा अजयक्रान्ति शाक्य र क्षेत्र नंं १० मा विनोद श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । —
सम्बन्धित















एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
सागर ढकाल गुल्मी-१ बाट चुनाव लड्ने
प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा
रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
प्रतिक्रिया