ओखलढुङ्गामा तीन स्वतन्त्रसहित १३ दलका उम्मेदवारको मनोनयन

ओखलढुङ्गा।ओखलढुङ्गामा तीन स्वतन्त्रसहित १३ दलका उम्मेवारले मनोनयन दर्ता गरेका छन् । उनीहरुले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ता गराएका हुन् ।
्मुख्य निर्वाचन कार्यालयका अनुसार नेपाल मजदुर किसान पार्टीबाट सविना प्रजापति, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विश्वराज पोखरेल, मङ्गोल नेश्नल अर्गनाइजेशनबाट बजेन्द्र राई, नेकपा (एमाले)बाट अस्मिता थापा, राष्ट्रिय जनमोर्चा पार्टीबाट शेरबहादुर खत्री, उज्यालो नेपाल पार्टीबाट किशोरी कार्की, श्रम संस्कृति पार्टीबाट उद्धवकुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डिकप्रसाद बाँस्तोला, नेपाली कांग्रेसबाट कुमार लुइँटेल, जनता समजावादी पार्टी (संयुक्त)बाट नेत्रबहादुर नेम्वाङ, नेपाली कम्युनिष्ट पार्टीबाट अम्बिरबाबु गुरुङ, समावेशी समाजवादी पार्टीबाट पिङ्की राई (बेगुराम राई) र मितेरी पार्टी नेपालबाट कुमार बहादुरले मनोनयन दर्ता गरेका हुन् ।
यस्तै मोलुङ–२ का विक्रम दाहाल, मानेभन्ज्याङ–४ का सन्तबहादुर तामाङ र मानेभन्ज्याङ–४ कै नारायणकाजी तामाङले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
















सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
पर्सामा १०८ जनाको उम्मेदवारी
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुँदै
प्रतिक्रिया