शनिबार, वैशाख १२, २०८३

मुस्ताङमा आठ राजनीतिक पार्टीको उम्मेदवारी

मेरोन्यूज २०८२ माघ ७ गते ७:५६

मुस्ताङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला मुस्ताङमा आठ राजनीतिक पार्टीले उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् ।

Advertisement
NiccNicc

जिल्ला अदालतस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मङ्गलबार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल पार्टी, आमजनता पार्टी र मङ्गोलियन नेशनल अर्गनाइजेसन पार्टीका उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले जानकारी दिए ।

एमालेबाट ईन्द्रधारा ढाडु विष्ट, नेपाली कांग्रेसबाट योगेश गौचन थकाली, नेपाल कम्युनिष्ट पार्टीबाट ङुटुक गुरुङ (टाईगर), राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमला लालचन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधितीय चन्द्र थकाली, उज्यालो नेपाल पार्टीबाट डा सुरेन्द्र शेरचन, आम जनता पार्टीबाटबाट अजय विक र मङ्गोल नेशनल अर्गनाईजेशन पार्टीबाट यमबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत पौडेलले बताए । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा मुख्य निर्वाचन अधिकृतसहित नौ कर्मचारीको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया